English

आईपीएल : मुम्बई बैंगलोरसँग पराजित



इण्डियन प्रिमियर लीग (आईपीएल) को १४ औँ सीजनको पहिलो म्याचमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । टस हारेर ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको टार्गेट पाएको बैंगलोरले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा १६० रन बनाएर लक्ष्य पूरा गर्यो । बैंगलोरले १९.५ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले ३९, विराट कोहलीले ३३ र एबी डिभिलियर्सले ४८ रन बनाए । योसँगै १४ औँ सीजनको पहिलो म्याच बैंगलोरले आफ्नो नाममा दर्ता गरेको छ । टीमले डिफेन्डिङ च्याम्पियन मुम्बईलाई पराजित गरेको हो । मुम्बईले २०१३ मा पछिल्लो पटक आफ्नो पहिलो म्याच जितेको थियो । बैंगलोरको भने यो जित अहिलेसम्मकै पहिलो ओपनिङ जित हो ।

बैंगलोरले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएको हो । म्याचमा मुम्बईका क्रिस लिनले ३५ बलमा ४९ रन बनाए । उनको यो डेब्यू म्याच समेत हो ।

१५ ओभरमा तीन विकेट गुमाएर १२८ रन बनाएको मुम्बईले बाँकि ३० बलमा ३७ रन जोड्न ६ विकेट गुमायो । मुम्बईका सूर्यकुमार यादवले ३१ र ईशान किशनले २८ रन बनाए । बैंगलोरका हर्षल पटेलले ५ विकेट लिए ।

यस म्याचका साथै ६ खेलाडीले आ आफ्नो टीमबाट डेब्यू गरेका छन् । बैंगलोरका लागि रजत पाटिदार, काइल जेमिसन, ग्लन म्याक्स्वेल, र डेनियल क्रिस्चियनले डेब्यू गरेका हुन् भने मुम्बईबाट अष्ट्रेलियाका क्रिस लिन, दक्षिण अफ्रीकाका तीव्र गतिका बलर मार्को जेनसनले डेब्यू गरेका छन् ।

मुम्बईबाट रोहित शर्मा (कप्तान), ईशान किशन, क्रिस लिन, सूर्यकुमार यादव, हार्दिक पाण्डे, क्रुणल पाण्डे, कीरोन पोलार्ड, मार्को जेन्सन, जयन्त यादव, ट्रेण्ट बोल्ट र जसप्रीत बुमराह रहेका छन् भने बैंगलोरबाट विराट कोहली (कप्तान), रजत पाटिदार, एबी डिभिलियर्स, ग्लेन म्याक्स्वेल, वाशिंगटन सुन्दर, डेनियल क्रिश्चियन, काइल जेमिसन, शाहबाज अहमद हर्षल पटेल, मोहम्मद सिराज र युजबेन्द्र चहल रहेका छन् ।

बैंगलोरले अहिलेसम्म तीनपटक ओपनिङ म्याच खेलेको छ, जसमा सबै म्याच हारेको थियो । बैंगलोरले २००९, २०११ र २०१६ मा ओपनिङ म्याच खेलेको थियो । गत सीजनमा कोहलीले १५ म्याचमा ४६६ रन बनाएका थिए भने सोही टीमका देवदत्त पडिक्कलले १५ म्याचमा ४७३ रन बनाएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested