English

तस्करले सिध्याए बन



जानकीनगर साझेदारी बनमा पछिल्लो केही समययता व्यापक मात्रामा सालका रुख चोरीतस्करी बढेको छ । सर्लाहीको हरिवन नगरपालिका–६, र हरिपुर नगरपालिका–१, मा फैलिएको यस साझेदारी बनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो ।

केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस बन तस्करहरूको चंगुलमा परे यता व्यापक तस्करी भएको स्थानीयको आरोप छ । तस्करले दिउँसै जंगलको चारै कुनामा सुराकी राखेर सालका छानीछानी रुख कटान गरिरहेका नाम नबताउने सर्तमा एक स्थानीयले जानकारी दिए ।

बनको बीच भागमा काटिएका तथा तस्करी भएका सालका रुखका ठुटामात्र भेटिने गरेको छ । यसरी सालका रुख सर्पट कटान भइरहँदा समेत बन कार्यालय र साझेदारीका पदाधिकारी मौन बस्नुलाई उनीहरूको समेत मिलेमतोको आशंका जन्माएको उनीहरूको भनाइ छ ।

पदाधिकारी र बन कर्मचारीको मिलेमतोमा तस्करले दिनमा रुख काट्ने र समसाँझैमा लैजाने गरेको बन नजिकै घर भएका स्थानीयको भनाइ थियो । पछिल्लो केही समय यता तस्करले लैजाँदै गर्दा वा लैजान लागेको अवस्थामा समेत काठ बरामद हुने क्रमसमेत बढेको एक सुरक्षा अधिकारीले बताए ।

बन तस्करी बढ्दै जाँदा वन समूह तथा वन कार्यालयले समेत यसतर्फ कुनै चासो नदिएको जानकीनगर निवासी कपिल देव साहको भनाइ छ । उक्त साझेदारी बनमा हेरालुको रूपमा गत वर्षसम्म नौ जना रहेका थिए । त्यसको समेत तलब मन्त्रालयबाट नपाएपछि समूहले हेरालु घटाएर ३ जनामा झारेको छ ।

त्यस मध्ये पनि एक जना खाना पकाउने काममा रहेको समूहका अध्यक्ष रामविश्वास रायले जानकारी दिए । ‘यति ठूलो बन छ । हेरालु छैनन् । पहिला ९ जना रहेकोमा पैसा नआएपछि घटाएर आन्तरिक श्रोतबाट तीन जना राखिएको छ । थोरै मानिसले कसरी काम गर्नु,’ उनले भने ।

बनको बीच भागमा काटिएका तथा तस्करी भएका सालका रुखका ठुटामात्र भेटिने गरेको छ । यसरी सालका रुख सर्पट कटान भइरहँदा समेत बन कार्यालय र साझेदारीका पदाधिकारी मौन बस्नुलाई उनीहरूको समेत मिलेमतोको आशंका जन्माएको स्थानीयको भनाइ छ ।

झण्डै १ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको यस जंगलमा तस्करले जथाभाबी काँचो सालका रुख कटान गरिरहेका छन् । तस्करले सालका रुख काटेर टुना बनाउने र साइकल, ट्याक्टरमालगायतका साधनमा राखेर चोरी तस्करी गरिरहेका हुन् ।

वन क्षेत्रमा गस्ती नभएकै कारण चोरीतस्करी बढेको हरिपुर नगरपालिका–१, जानकीनगरका स्थानीय वीरेन्द्र मण्डलले बताए । ‘बन कर्मचारी र साझेदारीका पदाधिकारीको मिलेमतो नभई काठ कसरी तस्करी हुन्छ ?,’ उनले प्रतिप्रश्न गरे, ‘तस्करसँगको सेटिङकै कारण बनका कर्मचारी कार्यालयबाट बनतर्फ फर्केरसमेत हेर्दैनन् ।’

हेरालु नभएका कारण तस्करी बढ्यो : अध्यक्ष राय
बन हेरालु कम भएका कारण तस्करी वृद्धि भएको जानकी नगर साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष रामविश्वार रायको भनाइ छ । उनले आफूले बन जोगाउन सक्दो प्रयास जारी राखेको दाबी गरेका छन् । बनमा केही रुख कटान भएको र आफूहरू त्यसको नियन्त्रणमा दिन रात लागिरहेको उनले बताए ।

‘बनको क्षेत्रफल ठूलो छ । सबै तिरबाट गाउँले घेरेको छ । त्यसैले पनि बन संरक्षणमा चुनौती भएको हो,’ उनले भने, ‘सरकारले हेरालुको तलब दिएको छैन । पटक–पटक धेरैठाउँमा धाइयो भएन । त्यसैले हेरालु घटाउनुपर्‍यो यसको फाइदासमेत तस्करले उठाइरहेका छन् ।’

बन संरक्षणमा दिनरात लागि परेका छौं : डिएफओ
तस्करी बढेसँगै बन संरक्षण आफू दिनरात लागि परेको डिभिजन बन कार्यालय सर्लाहीका सन्तोष कुमार झाले बताए । जानकीनगर बन क्षेत्रमा पछिल्लो केही समय यता लगातार सालका रुख कटान भएको विषयमा आफू लागि परेको उनको भनाइ छ ।

‘यो कुरा थाहा भए पछि म आफैं बन रक्षकको टोली लिएर रात दिन नभनी पुगेको छु,’ उनले भने, ‘बन खुला चिज भएकोले यसको संरक्षणमा चुनौती छ । यसको संरक्षणमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

अहिले भइरहेको तस्करी तस्कर समूहको मात्र योजनामा सम्भव नहुने उनले स्वीकार गरे । यसमा बनका स्वयं कर्मचारी तथा सुरक्षा निकायको समेत मिलेमतो रहेको विषयमा समेत आफूहरूले अनुसन्धान गरिरहेको उनी बताउँछन् ।

पनि…
ह्यारीको सहयोग विद्यालयलाई अभिसाप : उनी फर्किएनन्, अरूले हातै हालेनन्
वातावरण जोगाउन गाउँले एकजुट, सुख्खापाखा हराभरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested