English

तीन महिनाभित्र कोरोना भ्याक्सिनको दोश्रो डोज नलगाए के हुन्छ ?



नेपालमा कोरोनाको पहिलो खेप लगाएकाहरूलाई सरकारले वैशाख ७ देखि ११ गतेसम्म दोश्रोे डोज लगाउने भएको छ । नयाँ वर्षको हप्तादिनपछि सरकारले दोश्रो पटकको डोज लगाउने भएको हो । भारतबाट ल्याइएको कोभिशील्ड खोप पहिलो चरणमा लगभग १७ लाखभन्दा धेरै मानिसले लगाएका थिए ।

उनीहरूलाई अब दोश्रो खोपको डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मेरोलाइफस्टाइलसँग कुराकानीका क्रममा उनले भने, ‘हामीसँग पहिलो खेपमा कोरोनाको खोप लगाएकाहरूलाई दोश्रो पटकको खोपको डोज लगाउनका लागि भ्याक्सिन पहिल्यै ल्याएका छौँ, खोप हामीले वैशाख ७ देखि ११ गतेसम्म लगाउँछौँ ।’

नेपाललाई भारत सरकारले पहिलो पटक १० लाख कोभिशील्ड भ्याक्सिन अनुदान दिएको थियो । त्यस्तै दोश्रो पटकमा नेपालले भारतसँग १० लाख डोज नै किनेको थियो भने ३ लाख ४८ हजार डोज सहुलियतमा नेपाल ल्याइएको थियो । त्यस्तै, भारत सरकारले नेपाल आर्मीलाई १ लाख डोज सहयोग गरेको थियो । यसबाट सरकारले लगभग १७ लाखभन्दा धेरै भ्याक्सिन प्रयोग गरिसकेको छ । अर्थात् १७ लाखभन्दा बढी मानिसले भारतबाट ल्याइएको कोभीशिल्ड लगाएका छन् ।

भारतमै कोभिशील्डको संकट परिरहेको यस समयमा भारतले नेपाललाई थप भ्याक्सिन उपलब्ध गराउने संकेत त्यति देखिँदैन ।

भारतबाट ल्याएको कोभिशील्ड भ्याक्सिन नेपालसँग अब बाँकी ७ लाख छ । योबाहेक नेपाललाई पहिलो पटक लगाएकाहरूलाई दोश्रो डोज लगाउनका लागि अझै ९ लाख भ्याक्सिन आवश्यक पर्दछ । यसमा चाहिने थप बाँकी १० लाख डोज नेपालले भारतसँग किनिसकेको बताइएको छ । ‘हामीले कुरा गरिरहेका छौँ, अब छिटै नै बाँकी भ्याक्सिन ल्याउने छौँ,’ प्रवक्ता गौतम भन्छन् ।

कोरोनाको पहिलो खोप लगाएको तीन, पौने तीन महिनामा दोश्रो डोज लगाउनु पर्छ, तर त्यो समय आइपुग्नै लागिसक्दा समेत नेपालमा पहिलो पटक भ्याक्सिन लगाएकालाई दोश्रो डोज लगाउनका लागि पर्याप्त भ्याक्सिन छैन । भारतमै कोभिशील्डको संकट परिरहेको यस समयमा भारतले नेपाललाई थप भ्याक्सिन उपलब्ध गराउने संकेत त्यति देखिँदैन ।

समयावधि भित्रमा खोपको दोश्रो डोज नलगाएमा एन्टीबडीको लेभल शरीरमा कम हुने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी ।

तीन महिनामा दोश्रो डोज नलगाए के हुन्छ ?

नेपालमा गत माघ १४ गतेबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको थियो । त्यसपछिको पौने तीन महिना भित्रमा दोश्रो डोज लगाउनु पर्छ । यदि यो समयावधि भित्रमा खोपको दोश्रो डोज नलगाएमा एन्टीबडीको लेभल शरीरमा कम हुने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी । पहिलो डोज लगाएको तीन महिना भित्रमा दोश्रो डोज लगाइएन भने बुस्टर डोज हुँदैन, यसको असर केही न केही भने हुन्छ, नहुने होइन । यसबारेमा थप अध्ययन पनि भइरहेको छ । यदि नलगाएमा यसले शरीरमा तुलनात्मक रुपमा एन्टीबडीको लेभल कम हुन्छ, अन्य खासै असर हुँदैन ।

कोभिशील्ड लगाएकाले चीनको सीनोभ्याक लगाउन मिल्छ ?

अहिले धेरैको चासोको विषय छ, यो । धेरैले भारतबाट ल्याएको कोभिशील्डको पहिलो डोज लगाएकालाई चीनबाट ल्याएको सीनोभ्याक लगाउन मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरिरहेका छन् । यसबारेमा स्टडी भइरहेको बताउँछन् सहप्रवक्ता अधिकारी । ‘यसबारे अध्ययन भइरहेको छ, अहिलेसम्मको कुरा गर्नुपर्दा भारतबाट ल्याएको भ्याक्सिन लगाएकालाई भारतबाटै आएको भ्याक्सिन लगाइन्छ,’ अधिकारीले भने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested