English

नेपाल अपराजित रहँदै फाइनलमा प्रवेश



त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट श्रृंखलामा नेपाल शतप्रतिशत जितसहित फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेसँगै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जितसँगै पपुवा न्यु गिनी (पीएनजी) पनि नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ३८ रन मात्रै बनाउन सक्यो । हारसँगै मलेसियाको फाइनल पुग्ने सम्भावना सकिएको हो । आजको खेल जितेको खण्डमा मलेसिया फाइनल पुग्ने समिकरण थियो ।

मलेसियाको ब्याटिङमा ओपनर विरन्दीप सिंहले सर्वाधिक ४७ रन बनाए । यसबाहेक, कप्तान अहमद फैजले ३३, अ‍ैनोल हाफिज र सेद अजिजले समान १७ रन जोडे ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १९ रन खर्चिए ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १९ रन खर्चिए ।

यस्तै, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेल र रोहितकुमार पौडेलले एक एक विकेट लिए । यसअघि मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले मलेसियासामु दुई सय २४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर ब्याटिङमा आएको नेपालबाट निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २३ रनको योगफल तयार गरेको थियो । नेपालको ब्याटिङमा दीपेन्द्रले सर्वाधिक एक सय १० रनको अविजित इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनले ५५ बलमा शतक पूरा गरेका थिए ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो तथा नेपालको चौथो शतक हो । यस्तै, रोहितकुमार पौडेलले अर्धशतक बनाएका थिए । उनी ३४ बलमा ५१ रन बनाएर आउट भए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेको थिए ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो तथा नेपालको चौथो शतक हो । यस्तै, रोहितकुमार पौडेलले अर्धशतक बनाएका थिए । उनी ३४ बलमा ५१ रन बनाएर आउट भए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेको थिए ।

यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रन बनाएकार आउट भएका थिए । यसबाहेक, आरिफ शेख दुई रनमा आउट हुँदा आदिल अन्सारीले १४ रन बनाए ।

मलेसियाका मुहम्मद वफिक, पवनदीप सिंह, स्यार्जुल इद्रुस र मुहम्मद अमिरले समान एक विकेट लिए । नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रनले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले पराजित गरेको थियो ।

यो पनि
मलेसियालाई जित्नै पर्ने दबाबमा नेपाल
विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested