English

नेपालद्वारा मलेसियासामु २२४ रनको लक्ष्य प्रस्तुत



दीपेन्द्रसिंह ऐरीको शतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । ५७ बल खेलेका उनले १० चौका र ६ छक्काको सहयोगमा नट आउट ११० रन बनाए । दीपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो ।

नेपालका लागि रोहित कुमार पौड्यलले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे । रोहितलाई मोहमद आमिरले क्याच आउट गराए ।

रोहितको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशतक हो । नेपालका आदिल अन्सारीले १४ रनको योगदान गरे । आदिल रन आउट भए । यसअघि, नेपालले आरिफ शेख चौथो विकेटको रूपमा पेवेलियन फर्किए ।

नेपालले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेग गुमायो । नेपालका आसिफ शेखलाई पवनदीप सिंहले १८ रनमा क्याच आउट गराए । आजको खेल मलेसियाका लागि निकै महत्त्वपूर्ण छ । मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ ।

मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्त्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा अपराजित भएर फाइनल पुग्ने योजनामा छ ।

यो पनि
मलेसियालाई जित्नै पर्ने दबाबमा नेपाल
विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested