अभिनेत्री रञ्जना शर्माले अमेरिकामा गरिन् विहे



अभिनेत्री रञ्जना शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएकी शर्माले बुधबार प्रेमी निकेश सिलवालसँग कानूनी विवाह गरेकी हुन् ।

कुनै समय चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री शर्मा ११ वर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् ।

अमेरिकामा व्यापार गरिरहेका सिलवालसँग प्रेम सम्बन्धमा रहेको जानकारी रञ्जनाले सामाजिक सञ्जालमार्फत् दिदै विवाहको तस्विर सार्वजनिक गरेकी थिइन् । उनको विवाहमा अमेरिकामा रहेका नेपाली कलाकारहरू पनि उपस्थित थिए ।

उनले नेपाली चलचित्र मौसम, मर्यादा, बदमास, तिमी मेरी हौ, कन्यादान तथा वीरताको चिनो लगायतका एक दर्जन भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले म्यूजिक भिडियोबाट आफ्नो कलाकारिताको सुरुवात गरेकी थिइन् । अहिले उनको कलायात्रामा ब्रेक लागेको छ ।

तस्विरः रञ्जना शर्माको फेसबुकबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शर्मा नेपाल टेलिभिजनका पर्दामार्फत साङ्केतिक

गर्मी मौसम सुरु भइसकेको छ । यस्तो अवस्थामा सबैको वार्डरोबमा हल्का र आरामदायी लुगा आउन थालेको छ । पहिरनका साथसाथै

संसारमा धेरै रहस्यमय र अद्वितीय ठाउँहरू छन्। यी ठाउँको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो हुन्छ । वैज्ञानिकहरूले पनि आजसम्म धेरै

आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प