English

केयूमा अनलाइन कक्षा सुरु, टियूमा छैन सुरसार

कोरोना प्रभाव


काठमाडौं विश्वविद्यालयले एक महिनाको लागि प्रत्यक्ष पठनपाठन बन्द गरेको छ । स्कुल अफ साइन्सका डिन प्राडा कन्हैया झा र स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनीष पोखरेलले संयुक्त रूपमा निकालेको सूचनामा चैत २६ देखि २०७८ वैशाख मसान्तसम्म अनलाइन माध्यमबाट पढाइ हुने उल्लेख छ ।

कोभिड १९ को नयाँ संस्करण फेला पर्न थालेसँगै सरकारले भीडभाड हुने स्थानहरूमा आवश्यक मापदण्ड अपनाउन निर्देशन दिए पनि शैक्षिक संस्थाहरूको हकमा भने हाललाई अनलाइन कक्षा सञ्चालनमा ल्याउने निर्देशन दिइसकेको छैन ।

यद्यपि काठमाडौं विश्वविद्यालयको धुलिखेलस्थित स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङमा भने अनलाइन कक्षा सञ्चालन हुने भएको छ । अर्थात त्यहाँ प्रत्यक्ष पठन पाठन कार्य रोकिएको छ ।

केयूले प्रत्यक्ष पठन पाठन किन रोक्यो त ? काठमाडौं विश्वविद्यालयका प्रवक्ता एकुमाया पुनका अनुसार केही विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले सावधानी स्वरुप अनलाइन कक्षा सञ्चालन गर्न लागिएको हो ।

काठमाडौं विश्वविद्यालयका प्रवक्ता एकुमाया पुनका अनुसार केही विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले सावधानी स्वरुप अनलाइन कक्षा सञ्चालन गर्न लागिएको हो ।

गत बर्षको लकडाउनको समयमा प्रायः सबैजसो शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरेका थिए । काठमाडौं विश्वविद्यालयको काठमाडौंस्थित केही कलेजहरूमा अझै पनि अनलाइन कक्षा सञ्चालनमै छन् । स्नातक तहमा भौतिक उपस्थितिमा कक्षा भएपनि स्नातकोत्तर तहमा भने अनलाइन कक्षा सञ्चालनमै रहेको काठमाडौं विश्वविद्यालयका प्रवक्ता पुनले जानकारी दिइन् ।

विद्यार्थीमा संक्रमण देखिएकै कारण विश्वविद्यालयले २५ जना भन्दा बढी भेला नहुने, भीडभाड नगर्ने र आवश्यक सावधानी अपनाउने सरकारी निर्देशनकै आधारमा अनलाइन कक्षा सञ्चालन गर्न लागेको प्रवक्ता पुनको दावी रहेको छ ।

के गर्दैछ त्रिविले ?

कोभिड १९ को दोस्रो लहरको त्राससँगै विद्यार्थी संक्रमित हुन थालेपछि शैक्षिक संस्थाहरु होसियार हुनुलाई अन्यथा मान्न सकिदैन । यद्यपी सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा भने अनलाइन कक्षाको सुरसार छैन । जबकि त्रिवि अन्तर्गतका कलेजहरूमा अत्याधिक विद्यार्थी पठन–पाठन गर्दछन् । त्रिविका आंगिक क्याम्पस ६१ वटा छन् भने करिब ११ सय क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन् । केयूसंग सम्बद्ध १६ वटा क्याम्पस छन् ।

अनलाइन कक्षा सञ्चालन गर्ने सम्बन्धमा त्रिविका सूचना अधिकारी योगेन्द्र प्रसाद दाहाल भन्छन्, ‘यसबारेमा त्यस्तो निर्णय गरिहाल्ने स्थिति देखेका छैनौं ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested