English

नयाँ पर्यटकीय गन्तव्य बनाउन अभियान



बाग्लुङको बडिगाड गाउँपालिका–७, भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आकर्षक पनि छ । यहाँबाट हिमाली शृंखला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको हो ।

पर्यटकको आकर्षणका लागि यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण सकेर पर्यटकको आर्कषक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।

कोरोना महामारीका कारण थला परेको बागलुङको पर्यटन विस्तारै तंग्रिन थालेसँगै नयाँ गन्तव्यको पहिचान र प्रचारप्रसारमा समेत स्थानीय तहले चासो देखाउन थालेका छन् ।

यो स्थानमा पुग्न मध्यपहाडी लोकमार्गको भीमगिठे बजारबाट एक घण्टा जीपको यात्रा गर्नुपर्छ । पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आकर्षक गन्तव्य हो । भीमगिठेबाट २ देखि ३ घन्टामा पैदलयात्रा गर्न सकिने भएकोले एकदिने यात्रा गर्न चाहनेलाई यो मार्ग आकर्षक रहेको स्थानीयवासी गण्डकी थापा अधिकारीले बताउँछन् । उनले अगाडि भने, ‘यहाँ वनभोज स्थलसमेत बनाउन सकेमा वरपरका मानिसलाई भित्र्र्याउन सकिन्छ ।’

भीमगिठेदेखि यात्रा गर्न माथिल्लो स्थानसम्म पुग्दा हरियाली वनजङ्गल, डाडाँकाँडा, र मैदान भेटिन्छ । ‘पर्यटकका लागि लोभलाग्दो स्थान हो, हामीले व्यवस्थापनका लागि काम गरिरहेका छौं,’ स्थानीयवासी पविता थापा भन्छिन्, ‘मोटरबाटो पुगेकोले पैदल जान नसक्नेलाई पनि सहज बनेको छ ।’ गाउँपालिका र वडाले प्रचारको काम थालेपछि दैनिक घुम्ने र वनभोज खाने पुग्न थालेको उनले बताए ।

स्थानीयवासी लालबहादुर थापाका अनुसार यहाँ पुगेकाहरुले बस्न चाहेको खण्डमा थामचौरमै होटलको आवश्यकता देखिएको छ । कोरोना महामारीका कारण थला परेको बागलुङको पर्यटन विस्तारै तंग्रिन थालेसँगै नयाँ गन्तव्यको पहिचान र प्रचारप्रसारमा समेत स्थानीय तहले चासो देखाउन थालेका छन् । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,