English

पिप्लेलाई राजर्षि जनक कपको उपाधि



सर्लाहीको बाग्मतीमा जारी छैठौं राजर्षि जनक कप फुटबलको उपाधि साबिक विजेता पिप्ले फुटबल क्लब हेटौंडाले जितेको छ । सर्लाहीको बाग्मती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ समृती खेल मैदानमा आइतबार भएको फाइनल खेलमा लिग विजेता मछिन्द्र फुटबल क्लब काठमाडौंलाई सडनडेथ पराजित गर्दै पिप्लेले उपाधि चुमेको हो ।

निर्धारित समय दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्रइबेकरमा पनि दुवै टिमले बराबर ३–३ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो । ट्राइबेकरमा मछिन्द्रका लागि राष्ट्रिय स्टाइकर विमल घर्ती मगर र देवेन्द्र तमाङ्गको प्रहार पिप्लेका गोल किपर अशोक बरालले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यसैगरी पिप्लेका कुलदिप कार्कीले प्रहार गरेको बल पोष्ट बाहिरियो । विदेशी खेलाडी मार्टिनले प्रहार गरेको बल मछिन्द्रको गोल किपर विशाल श्रेष्ठले बचाउ गरे । सडनदेथमा मछिन्द्रको छिरिङ गुरुङले प्रहार गरेको बल क्रसबारमा ठोक्किएपछि पिप्ले दोस्रो पटक उपाधि चुम्न सफल भयो । जितसँगै पिप्लेले राजर्षि रनिङ सिल्ड साथै नगद १० लाखसमेत हात पारेको छ । उपविजेता बनेका मछिन्द्रले नगद ५ लाखमा चित्त बुझायो ।

जितसँगै पिप्लेले दोस्रो पटक उपाधि उचालेको हो । यस्तै प्रतियोगिताको उदयमान खेलाडी बाग्मतीका विमल घिसिङ भएका छन् । घिसिङले दुई सय सिसीका मोटरसाइकल पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पिप्लेका रूपक लामा भएका छन् । लामाले ५१ हजार प्राप्त गरेका छन् ।

वेस्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, वेस्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, वेस्ट स्टाइकर मछिन्द्रका विमल घर्ती मगर, वेस्ट मिडफिल्डर मछिन्द्रकै सुजल श्रेष्ठ र वेस्ट डिफेन्डर बाग्मतीका अमर श्रेष्ठ घोषित हुँदै जनही २५/२५ हजार पुरस्कार पाए । चैत्र २ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी पाहुना टिमसहित १२ टिम सहभागिता रहेको थियो ।

यो पनि…
आइपिएल : दिल्लीको सानदार जित

आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested