English

जनक शिक्षालाई दुई करोड मतपत्र छाप्न दिँदै आयोग



निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई दुई करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यही चैत १४ देखि मतपत्र छपाई शुरु गर्ने तयारी भएको छ । हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पुर्याइने र सुगम क्षेत्रमा पुऱ्याउनका अलि पछि छापिने उनले बताए । केन्द्रलाई आगामी वैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको छ ।

अन्तिम मतदाता नामावली प्रकाशन

यसैबीच, आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

यसअघि, करिब १ करोड ७५ लाख मतदाता रहेकोमा दावी विरोधपछि केही घटेर आउने आयोगले अनुमान गरेको छ ।

यो पनि
स्थानीय तहको पाँच वर्ष : पूर्वाधार विकासमा प्रगति
निर्वाचन आचारसंहिता कति व्यवहारिक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,