English

योगी आदित्यनाथद्वारा जम्बो मन्त्रिपरिषद् गठन, को-को परेनन् ?



भारत उत्तर प्रदेश -यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री पदको शपथ लिएका छन् । राजधानी लखनउको इकाना स्टेडियममा आयोजित विशेष समारोहमा आदित्यनाथलाई प्रदेशप्रमुख आनन्दी बेन पटेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

भाजपाका नेता योगी आदित्यनाथ उत्तर प्रदेशमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बनेका हुन् । योगी आदित्यनाथ नेतृत्वको ५२ सदस्यीय जम्बो मन्त्रिपरिषदमा २ उपमुख्यमन्त्री र १६ जना मन्त्री छन् । केशव प्रसाद मौर्य र ब्रजेश पाठक उपमुख्यमन्त्री छन् ।

मौर्यले यसपटकको विधानसभा निर्वाचन जितेका थिएनन् । हारका बाबजुद पनि उनलाई उपमुख्यमन्त्री बनाइएको छ । उनी अघिल्लो सरकारमा पनि उपमुख्यमन्त्री थिए ।योगी आदित्यनाथको मन्त्रिपरिषदमा ओबीसी समाजलाई विशेष ध्यानमा राख्दै दलित, ब्राह्मण, राजपुत, बनिया, भूमिहार, कायस्थ, शिख र मुस्लिम समुदायका नेताहरूलाई पनि स्थान दिइएको छ ।

लखनउका jरिष्ठ पत्रकार हेमन्त तिवारीका अनुसार मन्त्रिपरिषदमा करिब २० जना ओबीसी, ९ दलित, ७ ब्राह्मण, ६ राजपुत, ४ वैश्य, २ भूमिहार समुदायका छन् । यसैगरी कायस्थ, शिख र मुस्लिम समुदायका एक-एक जना समेटिएका छन् ।

को-को परेनन् ?

अघिल्लो सरकारमा उपमुख्यमन्त्री रहेका दिनेश शर्माले यसपटक मन्त्रिपरिषदमा स्थान पाएनन् । यसैगरी, पहिले ऊर्जामन्त्री सम्हालेका श्रीकान्त शर्मा पनि यसपटक मन्त्री बन्न पाएनन् । अघिल्लो सरकारमा रहेका एक मात्र मुसलमान मन्त्री रहेका मोहसिन रजा पनि यसपटक क्याबिनेटमा परेनन् ।

अघिल्लो पटकका चर्चित मन्त्री सतीश महाना र स्वाती सिंह पनि यसपटक मन्त्री बन्न पाएनन् । तर, स्वातीका श्रीमान् दयाशंकरलाई यसपटक मन्त्री बनाइएको छ ।

यो पनि…
युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?
युक्रेनमा रूसी हमला : पछिल्ला ६ घटना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested