English

तिस लाख मुनिका ५ चर्चित कार



सहरी क्षेत्रमा होस् वा ग्रामीण क्षेत्रमा बस्ने नै किन नहुन्, धेरैको चाहना आफ्नै सवारी साधन होस् भन्ने नै हुन्छ । सवारी साधन प्रतिको उनीहरूको चाहना दुई पाङ्ग्रे वा चार पाङ्ग्रेमै बढी देखिने गरेको छ ।

दुई पाङ्ग्रेमा हुने थोरै सिट क्षमताका कारणले गर्दा पनि एकल परिवारको रोजाइमा चार पाङ्ग्रे सवारी साधन पर्न थालेको छ । यो बाहेक उनीहरूको आकर्षण बढ्नुमा सहरी क्षेत्रमा बढेको वातावरण प्रदूषण र यातायातमा देखिएको असुरक्षाका कारणले पनि ठूलो भूमिका खेलेको छ ।

अहिले नेपाली बजारमा केही यस्ता चार पाङ्ग्रे सवारी साधन पनि आएका छन्, जसको मूल्य तिस लाख रूपैंया भन्दा कम रहेको छ । यी कार मूल्यमा सस्ता मात्र छैनन् भरपर्दो, अत्याधुनिक प्रविधि जडित र आरामदायी पनि रहेका छन् ।

स्यान्ट्रो एरा

नेपालको सडकमा गुडे देखि नै लोकप्रिय बन्न सफल स्यान्ट्रोको माग अझै पनि घटेको छैन । लोकप्रियताको आधारमा हेर्ने हो भने यो कार नेपालकै एउटा वेस्ट कार मानिन्छ । मोडर्न डिजाइन रहेको यो कारमा सानो परिवारलाई हुने किसिमले निर्माण गरिएको छ । यस कारमा अत्याधुनिक सुरक्षा प्रविधिहरू पनि जडान गरिएको छ । नेपाली बजारमा स्यान्ट्रोको ५ वटा संस्करण उपलब्ध छन् । जसमध्ये एराको २४ लाख ५६ हजार, म्याग्नाको २६ लाख ९६ हजार, स्पोर्टस्को २९ लाख २६ हजार, म्याग्ना एएमटीको ३० लाख ५६ हजार, अस्टाको ३२ लाख २६ हजार रहेको छ ।

१ हजार ८६ सिसीको इन्जिन क्षमताको यस कारले ५ हजार ५ सय आरपीएममा ६८ पीएस पावर र ४ हजार ५ सय आरपीएममा ९९ निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ६५ एमएमको ग्राउन्ड क्लियरेन्स, २ हजार ४ सय एमएमको ह्वीलबेस र ३५ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।

डाट्सन रेडि गो

निसानको अटो मोबाइल ब्रान्ड डाट्सनको रेडि गो कारले नेपाली बजारमा निकै लोकप्रियता पाएको छ । जापानी इन्जिनियरिङ डिजाइनमा आधारित डाट्सन रेडि गो नेपालकै पहिलो अर्बान क्रस कार मानिन्छ । नेपाली बजारमा २० लाख रुपैयाँ भन्दा कममा आउने यो कारमा विविध सुविधा संयन्त्रहरू जडान गरिएको छ । यो कारलाई विश्व स्तरीय डिजाइन, राम्रो स्पेस, स्टाइल, आरामदायी, असाधारण पर्र्फमेन्स जस्ता सुविधाहरूले उत्कृष्ट बनाएको छ । नेपाली बजारमा डाट्सन रेडि गो ०।८ एलको मूल्य १९ लाख ९९ हजार र डाट्सन रेडि गो १।० एलको २३ लाख ९९ हजार तोकिएको छ ।

७ सय ९९ सिसीको इन्जिन क्षमताको यस कारले ५ हजार ५ सय आरपीएममा ५० किलोवाट पावर र ४ हजार २ सय ५० आरपीएममा ९१ निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ८५ एमएमको ग्राउन्ड क्लियरेन्स, २ हजार ३ सय ४८ एमएमको ह्वीलबेस र २८ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।

मारुती सुजुकी वागन आर

नेपाली बजारको अर्को प्रतिस्पर्धी मारुती सुजुकी वागन आर इन्डियन जापनिज कम्पनीको एक सफलता नै मानिन्छ । नेपाली बजारमा प्रविधि, आराम, स्पेस र सुरक्षाका सुविधाहरूमा बलियो मानिएको यो कार पनि दुई संस्करणमा उपलब्ध छ । जसमध्ये मारुती सुजुकी वागन आर भीएक्सआईको २६ लाख ९९ हजार र मारुती सुजुकी वागन आर जेडएक्सआईको २७ लाख ९९ हजार रुपैंया तोकिएको छ ।

९ सय ९८ सिसीको इन्जिन क्षमता रहेको यस कारले ५ हजार ५ सय आरपीएममा ५० किलोवाट पावर र ३ हजार ५ सय आरपीएममा ९० निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ६५ एमएमको ग्राउन्ड क्लियरेन्स, २ हजार ४ सय ३५ एमएमको ह्वीलबेस र ३२ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।

फर्ड फिगो

अन्तराष्ट्रिय बजारमा विश्वसनीय ब्रान्ड फर्डले पर्फमेन्स र गुणस्तरमा सम्झौता नगर्ने मानिन्छ । नेपाली बजारमा ३० लाख हाराहारीका चर्चित कारहरू मध्ये फर्डको फिगो पनि एक हो । यसको मुल्य नेपाली बजारमा ३० लाख ९९ हजार तोकिएको छ ।

१ हजार १ सय ९४ सीसी इन्जिन क्षमताको यस कारले ६ हजार ५ सय आरपीएममा ७० दशमलब ७९ किलोवाट पावर र ४ हजार २ सय ५० आरपीएममा १ सय १९ निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ७४ एमएमको ग्राउन्ड क्लीयरेन्स, २ हजार ४ सय ९० एमएमको ह्वीलबेस र ४२ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।

फोक्सवेगन पोलो

जर्मनी मोटर उत्पादक कम्पनी फोक्सवेगनको फोक्सवेगन पोलो पनि एक चर्चित कार मध्येको एक हो । यो कारको बाहिरी लुक्स हेर्दा सानो देखिए पनि भित्रको स्पेस भने निकै आरामदायी रहेको छ । रोमाञ्चक र आरामदायी सवारी यात्राको अनुभवका साथै बढी माइलेज दिने यो कार त्यसै लोकप्रिय भएको भने पक्कै होइन । पोलो टी एल प्लस १.० को नेपाली बजारमा ३० लाख ९० हजार रुपैया तोकिएको छ ।

९ सय ९९ सीसीको इन्जिन क्षमताको यस कारले ६ हजार २ सय आरपीएममा ५६ किलोवाट पावर र ३ हजार देखि ४ हजार ३ सय आरपीएम भित्रमा ९५ निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ६८ एमएमको ग्राउन्ड क्लीयरेन्स, २ हजार ४ सय ६९ एमएमको ह्वीलबेस र ४५ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested