English

तिस लाख मुनिका ५ चर्चित कार



सहरी क्षेत्रमा होस् वा ग्रामीण क्षेत्रमा बस्ने नै किन नहुन्, धेरैको चाहना आफ्नै सवारी साधन होस् भन्ने नै हुन्छ । सवारी साधन प्रतिको उनीहरूको चाहना दुई पाङ्ग्रे वा चार पाङ्ग्रेमै बढी देखिने गरेको छ ।

दुई पाङ्ग्रेमा हुने थोरै सिट क्षमताका कारणले गर्दा पनि एकल परिवारको रोजाइमा चार पाङ्ग्रे सवारी साधन पर्न थालेको छ । यो बाहेक उनीहरूको आकर्षण बढ्नुमा सहरी क्षेत्रमा बढेको वातावरण प्रदूषण र यातायातमा देखिएको असुरक्षाका कारणले पनि ठूलो भूमिका खेलेको छ ।

अहिले नेपाली बजारमा केही यस्ता चार पाङ्ग्रे सवारी साधन पनि आएका छन्, जसको मूल्य तिस लाख रूपैंया भन्दा कम रहेको छ । यी कार मूल्यमा सस्ता मात्र छैनन् भरपर्दो, अत्याधुनिक प्रविधि जडित र आरामदायी पनि रहेका छन् ।

स्यान्ट्रो एरा

नेपालको सडकमा गुडे देखि नै लोकप्रिय बन्न सफल स्यान्ट्रोको माग अझै पनि घटेको छैन । लोकप्रियताको आधारमा हेर्ने हो भने यो कार नेपालकै एउटा वेस्ट कार मानिन्छ । मोडर्न डिजाइन रहेको यो कारमा सानो परिवारलाई हुने किसिमले निर्माण गरिएको छ । यस कारमा अत्याधुनिक सुरक्षा प्रविधिहरू पनि जडान गरिएको छ । नेपाली बजारमा स्यान्ट्रोको ५ वटा संस्करण उपलब्ध छन् । जसमध्ये एराको २४ लाख ५६ हजार, म्याग्नाको २६ लाख ९६ हजार, स्पोर्टस्को २९ लाख २६ हजार, म्याग्ना एएमटीको ३० लाख ५६ हजार, अस्टाको ३२ लाख २६ हजार रहेको छ ।

१ हजार ८६ सिसीको इन्जिन क्षमताको यस कारले ५ हजार ५ सय आरपीएममा ६८ पीएस पावर र ४ हजार ५ सय आरपीएममा ९९ निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ६५ एमएमको ग्राउन्ड क्लियरेन्स, २ हजार ४ सय एमएमको ह्वीलबेस र ३५ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।

डाट्सन रेडि गो

निसानको अटो मोबाइल ब्रान्ड डाट्सनको रेडि गो कारले नेपाली बजारमा निकै लोकप्रियता पाएको छ । जापानी इन्जिनियरिङ डिजाइनमा आधारित डाट्सन रेडि गो नेपालकै पहिलो अर्बान क्रस कार मानिन्छ । नेपाली बजारमा २० लाख रुपैयाँ भन्दा कममा आउने यो कारमा विविध सुविधा संयन्त्रहरू जडान गरिएको छ । यो कारलाई विश्व स्तरीय डिजाइन, राम्रो स्पेस, स्टाइल, आरामदायी, असाधारण पर्र्फमेन्स जस्ता सुविधाहरूले उत्कृष्ट बनाएको छ । नेपाली बजारमा डाट्सन रेडि गो ०।८ एलको मूल्य १९ लाख ९९ हजार र डाट्सन रेडि गो १।० एलको २३ लाख ९९ हजार तोकिएको छ ।

७ सय ९९ सिसीको इन्जिन क्षमताको यस कारले ५ हजार ५ सय आरपीएममा ५० किलोवाट पावर र ४ हजार २ सय ५० आरपीएममा ९१ निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ८५ एमएमको ग्राउन्ड क्लियरेन्स, २ हजार ३ सय ४८ एमएमको ह्वीलबेस र २८ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।

मारुती सुजुकी वागन आर

नेपाली बजारको अर्को प्रतिस्पर्धी मारुती सुजुकी वागन आर इन्डियन जापनिज कम्पनीको एक सफलता नै मानिन्छ । नेपाली बजारमा प्रविधि, आराम, स्पेस र सुरक्षाका सुविधाहरूमा बलियो मानिएको यो कार पनि दुई संस्करणमा उपलब्ध छ । जसमध्ये मारुती सुजुकी वागन आर भीएक्सआईको २६ लाख ९९ हजार र मारुती सुजुकी वागन आर जेडएक्सआईको २७ लाख ९९ हजार रुपैंया तोकिएको छ ।

९ सय ९८ सिसीको इन्जिन क्षमता रहेको यस कारले ५ हजार ५ सय आरपीएममा ५० किलोवाट पावर र ३ हजार ५ सय आरपीएममा ९० निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ६५ एमएमको ग्राउन्ड क्लियरेन्स, २ हजार ४ सय ३५ एमएमको ह्वीलबेस र ३२ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।

फर्ड फिगो

अन्तराष्ट्रिय बजारमा विश्वसनीय ब्रान्ड फर्डले पर्फमेन्स र गुणस्तरमा सम्झौता नगर्ने मानिन्छ । नेपाली बजारमा ३० लाख हाराहारीका चर्चित कारहरू मध्ये फर्डको फिगो पनि एक हो । यसको मुल्य नेपाली बजारमा ३० लाख ९९ हजार तोकिएको छ ।

१ हजार १ सय ९४ सीसी इन्जिन क्षमताको यस कारले ६ हजार ५ सय आरपीएममा ७० दशमलब ७९ किलोवाट पावर र ४ हजार २ सय ५० आरपीएममा १ सय १९ निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ७४ एमएमको ग्राउन्ड क्लीयरेन्स, २ हजार ४ सय ९० एमएमको ह्वीलबेस र ४२ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।

फोक्सवेगन पोलो

जर्मनी मोटर उत्पादक कम्पनी फोक्सवेगनको फोक्सवेगन पोलो पनि एक चर्चित कार मध्येको एक हो । यो कारको बाहिरी लुक्स हेर्दा सानो देखिए पनि भित्रको स्पेस भने निकै आरामदायी रहेको छ । रोमाञ्चक र आरामदायी सवारी यात्राको अनुभवका साथै बढी माइलेज दिने यो कार त्यसै लोकप्रिय भएको भने पक्कै होइन । पोलो टी एल प्लस १.० को नेपाली बजारमा ३० लाख ९० हजार रुपैया तोकिएको छ ।

९ सय ९९ सीसीको इन्जिन क्षमताको यस कारले ६ हजार २ सय आरपीएममा ५६ किलोवाट पावर र ३ हजार देखि ४ हजार ३ सय आरपीएम भित्रमा ९५ निउटनमिटर टर्क उत्पादन गर्छ । साथै यस कारमा १ सय ६८ एमएमको ग्राउन्ड क्लीयरेन्स, २ हजार ४ सय ६९ एमएमको ह्वीलबेस र ४५ लिटर क्षमताको पेट्रोल ट्याङ्क रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली