English

बस्तीबस्तीमा खानेपानी पुगेपछि फेरियो दैनिकी



पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ । मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो ।

गाउँ–गाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौतारिनुपर्ने बाध्यताबाट मुक्त भएको वरंजाका इन्द्रबहादुर रोकाले जानकारी दिए । उनले भने, ‘केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीमा पुग्नुपर्थ्यो तर अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाइ गर्दै आएका छौँ ।’

बस्तीबस्तीमा खानेपानी पुगेसँगै यहाँका स्थानीयवासीको घरको करेसाबारी हरियाली देखिन थालेको छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको अर्मनकी राधिका सापकोटाले बताइन् ।

‘पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपायालाई त कुरै थिएन तर अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ’, उनले भनिन् ।

पश्चिम म्याग्दीमा खानेपानी आयोजना सञ्चालन भएसँगै यस क्षेत्रका आठ हजार बढी घरपरिवार लाभान्वित बनेका छन् ।

जिल्लाका मध्य भाग र म्याग्दी तथा कालीगण्डकी नदीका तटीय क्षेत्रमा पर्ने गाउँहरू वर्षौंदेखि खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिकको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

पश्चिम म्याग्दीमा खानेपानी आयोजना सञ्चालनभएसँगै यस क्षेत्रका आठ हजार बढी घरपरिवार लाभान्वित बनेका उनले जानकारी दिए । जिल्लाका केही स्थानीय तहहरूमा खानेपानीको सहज पहुँच पुगेर स्थानीयको जनजीवन सरल र सहज बनेको भए पनि बेनी नगरपालिकाकाका अधिकांश वडामा खानेपानीको समस्या विकराल बन्दै गइरहेको स्थानीयले बताएका छन् ।

बढ्दो जनसङ्ख्या र घट्दो पानीका स्रोतका कारण नगरपालिका क्षेत्रमा खानेपानीको समस्या बढ्दै गइरहेको हो । नगरपालिकाले ‘एक घर एक घारा’ को अवधारणा लिएको भए पनि पानीको स्रोतको अभावमा योजना प्रभावकारी हुन नसकेको पाइएको छ ।

यो पनि…
अर्बौं बगाइयो तर नहरमा पानी बगेन
फूल नफुल्ने फूलबारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested