English

रारा क्षेत्र पर्यटकले भरिभराउ



कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल मुलुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ ।

नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए । “मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ”, उनले भने, “काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्, पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ ।”

पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जभ गरेर विशेषगरी काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् ।

रारा वरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरवास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ । राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्न आएका नेपालगञ्जका रवीन दाहालले बताउनुभयो । रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइनभ्याई हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीयवासी भक्त रोकायाले बताए ।

नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटक सङ्ख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताए । उनले भने, “चालु आर्थिक वर्षको आठ महिनामा चार हजार ४०९ आन्तरिक तथा बाह्य पर्यटकले रारातालको अवलोकन तथा भ्रमण गरेका छन् । तीमध्ये सात विदेशी पर्यटक रहेका छन्, बाँकी नेपाली पर्यटक छन् ।”

चैत महिना शुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ ।

नेपालमा कोरोना सङ्क्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन कम भएको सूचना अधिकारीले रोकायाले बताए । उनका अनुसार कोभिडपछि बाह्य पर्यटकभन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको भने घुइँचो रहेको छ । उनले भने, “चैत महिना शुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ ।” दैनिक १५० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा १० लाख १३ हजार ७८० राजश्व सङ्कलन गरेको छ । विगतका तुलनामा बाह्य पर्यटकको आगमन घटेपछि राजश्व सङ्कलन पनि घटेको निकुञ्जले जनाएको छ ।

रारा पुग्नका लागि पछिल्लो समय नाग्म गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ । मुगुमा नियमित दुई/तीन उडान भर्ने भएकाले हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जभ गरेर विशेषगरी काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् । हवाईमार्गबाट आउने पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा यात्रुको चाप बढेको छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested