पर्यटकका लागि टावरमा लग्जरी डिनरको तयारी !



लग्जरी डिनर गर्ने शौखिनका लागि इटालीमा १०० फीट उचाईको इको टावर बनिरहेको छ । हरियाली र पोखरीको बीचमा बन्ने यो टावरमा मानिसले डिनर र लञ्च गर्न सक्नेछन् । त्यहाँ सामग्री पुर्याउनका लागि ड्रोन रहनेछ । जसले पर्यटकलाई होटलबाट टावरसम्म लिएर जानेछ । टावरको नाम वर्टीपोर्ट्स राखिएको छ । यो कस्तो देखिनेछ भन्ने कुरा इटालीको कम्पनीले तस्वीर सार्वजनिक गरेको छ ।

इटाली र चीनको कम्पनी मिलेर काम गर्दै

पर्यटकलाई आकर्षित गर्नका लागि इटालीको यो नयाँ प्लान हो । यो प्रोजेक्ट रोमको कम्पनी गियानकार्लो जेमा डिजाइन ग्रुपको रहेको छ । यसको लागि ट्याक्सी बनाउने चिनियाँ कम्पनी ह्यांग होल्डिङले जिम्मा लिएको छ । यी दुवै कम्पनी मिलेर काम गर्नेछन् ।

होटलसम्म ड्रोनले छोड्ने

प्रोजेक्ट रिपोर्टका अनुसार खाना खाएपछि पर्यटकलाई होटलसम्म पुर्याउने काम ड्रोनले गर्नेछ । यो टावर अफ्रीकामा लामो उमेरका बाओबाब रुखबाट प्ररित हो । टावरकलार्ए बनाउनका लागि लेमिनेटेड लौरा र स्टीलको प्रयोग गरिनेछ ।

इको फ्रेण्ड्ली टावर चार्ज गर्नेछ ड्रोन्स

हर एक टावरमा एक क्याफे, एक वेटिङ रुम र २०५३ स्क्वायर फुटको पेनोरेमिक रेष्टुराँ हुनेछ । त्यहाँ सेन्ट्रल लिफ्टको सहयोगमा जान सकिनेछ । इको फ्रेण्ड्ली टावरको छतमा लागेको नन सोलार प्यानलबाट ३ सय किलोवाट बिजुली एक दिनमा बनाइन सकिनेछ । ड्रोनलाई पनि त्यहाँबाटै बनाइएको बिजुलीले चार्ज गरिनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘सुन्दरताको भण्डार साराके खनाया यसै रारामारारा की अप्सरा ! –महेन्द्र शाह ।’ बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी रूप

धेरै पटक यस्तो हुन्छ कि पर्याप्त निन्द्रा नहुँदा पनि बिहान उठ्दा आँखा सुन्निने र थकित रहन्छ । यस्तो अवस्थामा तत्काल

होली प्रेम र रङ्गहरूको पर्व हो । फाल्गुन महिना लाग्ने बित्तिकै यसको प्रभाव गाउँ होस् वा सहरमा देखिन थालेको छ