English

फुटबलबाट सन्यास लिएँ, अबको मिसन-विवाह : विराज महर्जन (भिडियोसहित)



राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले १३ वर्ष लामो खेल जीवनबाट विश्राम लिएसँगै विवाहको सोच बनाएका छन् । विवाह र फुटबलबीच टकराव हुन नदिन उनी ३१ वर्ष अविवाहित नै रहे । थ्री नेशन्स कपको फाइनलमा बंगलादेशलाई पराजित गरेसँगै उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका हुन् । ‘अब विवाहको सोच बनाएको छु, परिवारको पनि दबाव छ ।’ मेरोलाइफस्टाइलसँग उनले खुलासा गरे, ‘खेल जीवनलाई असर नपरोस् भन्ने सोचले अहिलेसम्म विवाह नगरेको हुँ ।’

३१ वर्षीय महर्जनलाई ब्लेजर लगाएर लामो खेल जीवनबाट सन्यास दिलाएका प्रधानमन्त्री केपी शर्मा ओली भने ७० वर्षसम्म अझै सक्रिय राजनीतिमै छन् जसलाई खेलप्रेमीहरुले गतिलो व्यङ्ग्यका रुपमा टिप्पणी गरिरहेका छन् ।

दसकबढी सँगै बिताएको घर साथीभाई छोडेर जानुपर्दा नरमाईलो लागेपनि बिदा हुँदाको अवस्थामा आफ्नो कर्तव्य पूरा गरेको अनुभूति भएको उनले बताए । ‘त्यसैले म खुशीसाथ बिदा भएको छु । ’ उनी नेपालबाट सबैभन्दा बढी ७३ अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । सन् १९८४ को साग गेमपछि पहिलोपटक बंगबन्धु गोल्डकपको उपाधि जित्दा उनी राष्ट्रिय टोलीका कप्तान थिए । उनका नाममा तीनवटा क्लवबाट तीन पटक ए डिभिजन उपाधि जितेको रेकर्ड समेत छ । राष्ट्रिय प्रतियोगिताहरुमा भने उनको खेल अझैपनि हेर्न पाईनेछ ।

थ्री नेशन्स कप फाइनलको ८९ औँ मिनेटमा मैदान प्रवेश गर्दा किरण चेम्जोङले रोहित चन्द मार्फत् आम ब्याण्ड लगाउँदाको क्षण अत्यन्तै सुखद रहेको उनी सम्झन्छन् । ‘त्यो बेला फुटबल फ्यानहरुले देखाउनुभएको माया अहिले पनि आँखामा झल्झली आउँछ ’, उनले भने, ‘किरण भाईले रोहित भाईको हातबाट मलाई क्याप्टेनको ब्याण्ड लगाइदिँदा म एकदमै खुशी थिएँ, त्यो बेला मलाई सम्मानपूर्वक बिदाई भएको फिल भयो । ’ अब यसै क्षेत्रमा लागेर फुटबलको नयाँ पिढी तयार पार्न समर्पित हुने उनको योजना छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उनले सन्यास लिँदाको क्षणका साक्षी नै बन्न पुगे । जुन संयोग विरलै खेलाडीले पाउँछन् ।

उनको नजरमा फुटबल भनेको एउटा फिजिकल र मेन्टल गेम हो । यी दुई मध्ये एउटा कम भयो भने खेल्न सकिँदैन । पछिल्लो समय खेल्नेकुरा मनले मानेपनि शरीरले मान्न छाडेको थियो । आफूभन्दा राम्रो खेल्न सक्नेहरु टिममा आएका छन् भन्ने लागेर पनि उचित समयमा सन्यास लिएको महर्जनको भनाइ छ ।

‘त्यो बेला फुटबल फ्यानहरुले देखाउनुभएको माया अहिले पनि आँखामा झल्झली आउँछ ’, उनले भने, ‘किरण भाईले रोहित भाईको हातबाट मलाई क्याप्टेनको ब्याण्ड लगाइदिँदा म एकदमै खुशी थिएँ, त्यो बेला मलाई सम्मानपूर्वक बिदाई भएको फिल भयो । ’

प्रधानमन्त्री केपी शर्मा ओली उनले सन्यास लिँदाको क्षणका साक्षी नै बन्न पुगे । जुन संयोग विरलै खेलाडीले पाउँछन् । प्रधानमन्त्रीसँगै खेलकुदमन्त्री दावा लामा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख सुवास नेम्वाङ लगायतका उच्चपदस्थ व्यक्तिहरु समेत सो बिदाई समारोहमा सरिक थिए । रंगशालामा १० हजार बढी दर्शक बिचको बिदाइमा उनीमात्र नभएर सबै भावुक बने । उनलाई प्रधानमन्त्री ओलीले ब्लेजर लगाइदिएका थिए ।

३१ वर्षीय महर्जनलाई ब्लेजर लगाएर लामो खेल जीवनबाट सन्यास दिलाएका प्रधानमन्त्री केपी शर्मा ओली भने ७० वर्षसम्म अझै सक्रिय राजनीतिमै छन् जसलाई खेलप्रेमीहरुले गतिलो व्यङ्ग्यका रुपमा टिप्पणी गरिरहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,