English

बलिउड सेलिब्रेटीहरुमा कोरोना लहर बढ्दो



बलिउड अभिनेता आमिर खान हालै कोभिड-१९ सङ्क्रमित भएका छन्, यो कुराको जानकारी उनका प्रवक्ताले दिएका हुन् । कोरोना पोजेटिभ देखिएपछि आफु होम क्वारेन्टाइन बसेको उनले सोसल मिडिया मार्फत् जानकारी दिएका हुन् । उनका फ्यानले उनलाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

बलिउडका अन्य सेलिब्रेटीहरुमा पनि हालै कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएका मध्ये कति सेलिब्रेटिहरु पूर्ण रूपमा निको पनि भइसकेका छन् भने कतिपय निको हुने अवस्थामा रहेका छन् ।

रणवीर कपूर

अभिनेता रणवीर कपूरलाई पनि हालसालै कोरोना पोजेटिभ देखिएको थियो । उनलाई कोरोना पोजेटिभ भएको जानकारी उनकी आमा तथा अभिनेत्री नीतु कपूरले सोसल मिडिया मार्फत् दिएकी थिइन् । तर केही दिन अघि रणविरले आफू कोरोना मुक्त भएको जानकारी सोसल मिडिया मार्फत् नै दिएका थिए ।

आलिया भाट

रणविर कपूर कोभिड मुक्त भएको एक सातापछि उनको गर्लफ्रेण्ड तथा अभिनेत्री आलिया भाटलाई पनि कोरोना पोजेटिभ भयो, उनले शुक्रवार सोसल मिडियामार्फत् यसको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन् ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । म अहिले आइसोलेसनमा छु र केही दिनमा क्वारेन्टाइनमा बस्ने छु ।’

फतिमा सना सेख

बलिउडका अन्य धेरै सेलिब्रेटीहरुलाई जस्तै फतिमा सना सेखलाई पनि कोरोना पोजेटिभ देखिएको छ । दङ्गल फिल्मकी अभिनेत्री फतिमा सना सेखलाई गत सोमबार कोरोना पोजेटिभ देखिएको हो । उनी पनि अहिले होम कोरेन्टीनमा बसिरहेकी छन् ।

सचिन तेन्दुलकर

बलिउडका चर्चित सेलिब्रेटी क्रिकेटर सचिन तेन्दुलकरलाई पनि मार्च २७ मा कोरोना पोजेटिभ देखियो । उनले शनिवार ट्विट मार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए । आफु अहिले होम क्वारेन्टीनमा बसेको पनि उनले बताए ।

कार्तिक आर्यन

बलिउड अभिनेता कार्तिक आर्यनलाई पनि हालै कोरोना सङ्क्रमण भएको थियो । उनी पनि आफ्नै घरमा कोरेन्टीनमा बसे । कोरेन्टीनमा बसेको बेला उनले एकता कपूर निर्मित सिरियलहरू हेरेर समय बिताएको इन्ष्टा मार्फत जानकारी दिएका थिए ।

बप्पी लहरी

बलिउडका पपुलर सिंगर एवं म्युजिक कम्पोजर बप्पी लहरीलाई पनि बिहीवार कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिने बित्तिकै उनलाई मुम्बईको ब्रिच कैण्डी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । बप्पी लहरीलाई सङ्क्रमण भएको जानकारी उनको छोरी रीमाले एक स्टेटमेन्ट मार्फत् दिएकी थिइन् ।

रुपाली गंगोली

स्टार प्लसको लोकप्रिय सिरियल अनुपमाको मुख्य भूमिकामा रहेकी अभिनेत्री रुपाली गंगोली (अनुपमालाई) पनि कोरोना पोजेटिभ देखिएको छ । सिरियलको लिड रोलमा रहेकी उनलाई कोरोना पोजेटिभ देखिएपछि सिरियलको सुटिङ रोकिएको छ ।

यो भन्दा अघि पनि थुप्रै बलिउड सेलिब्रेटीहरुलाई कोरोना पोजेटिभ देखिसकेको छ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र उनको परिवार, मलाईका अरोरा, अर्जुन कपुर, अनुपम खेर तथा वरुण धवन जस्ता चर्चित सेलिब्रेटीहरुलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । उनीहरू अहिले कोरोना मुक्त भइसकेका छन् ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested