English

यसरी बनाईन्छ मुसाको अचार !



थारु समुदायले खाने मासुको परिकारहरू मध्ये मुसाको परिकार पनि एक हो । मुसाको मासुलाई तरकारी वा अचारको रुपमा खाइने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा मुसाको तरकारी भन्दा अचार चर्चित मानिन्छ ।

मुसाको अचारलाई थारु भाषामा ‘मुस्वाको चट्नी वा चुटपुट’ भनिन्छ । मुसाको अचार प्रायः धान र गाहुँ कटी सकेपछि खेतमा पाइने मुसाको चट्नी वा चुटपुट बनाएर खाइन्छ । मुसाको मासुलाई सिलौटो वा ओखलमा कुटेर मसिनो टुक्रा पारेर बनाईने हुनाले नै थारु भाषामा चुटपुट भनिएको हो ।

गीता चौधरीले दिएको जानकारी अनुसार यसरी बनाउन सकिन्छ मुसाको चुटपुट ।

मुसाको चुटपुट बनाउन चाहिने आवश्यक सामग्री

– मुसा एक वटा
– दाउरा वा पराल आवश्यकता अनुसार
– एक वटा झिर
– नुन अवश्यकता अनुसार
– तेल अवश्यकता अनुसार
– खुर्सानी अवश्यकता अनुसार
– लसुन अवश्यकता अनुसार
– हरियो धनियाँ अवश्यकता अनुसार

बनाउने विधि

– आवश्यकता अनुसार नुन, लसुन र खुर्सानी पिस्नुहोस् ।
– मुसाको भित्री भाग पेट लगायत अन्य अंगलाई फाल्नुहोस् ।
– मुसालाई झिरमा उनेर दाउरा वा परालको आगोमा मुसाको रौं राम्ररी डढ्ने गरेर पोल्नुहोस् ।
– डढी सकेको मुसाको रौँलाई झारेर मुसालाई अलि ठूला टुक्रा पारेर काट्नुहोस् ।
– टुक्रा पारेको मासुलाई फेरी आगोमा पोल्नुहोस् ।
– पोलि सकेको मुसाको टुक्रालाई आफ्नो आवश्यकता अनुसार स–सानो टुक्रा काटेर वा सिलौटोमा थिचेर वा ओखलमा हालेर बनाउनुहोस् ।
– अब तपाईले पिस्नु भएको नुन, लसुन र खुर्सानीको मिश्रणलाई मासुमा मज्जाले मोल्नुहोस् ।
– यसरी तयार गरिएको मुसाको मासुमा आवश्यकता अनुसार तेल तताएर झान्नुहोस् ।
– यसरी मुसाको चुटपुट तयार हुन्छ । अब तपाईले यसलाई खानासंग अचारको रुपमा वा पेय पदार्थसंग सितनको रुपमा खान सक्नु हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested