English

यसरी बनाईन्छ मुसाको अचार !



थारु समुदायले खाने मासुको परिकारहरू मध्ये मुसाको परिकार पनि एक हो । मुसाको मासुलाई तरकारी वा अचारको रुपमा खाइने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा मुसाको तरकारी भन्दा अचार चर्चित मानिन्छ ।

मुसाको अचारलाई थारु भाषामा ‘मुस्वाको चट्नी वा चुटपुट’ भनिन्छ । मुसाको अचार प्रायः धान र गाहुँ कटी सकेपछि खेतमा पाइने मुसाको चट्नी वा चुटपुट बनाएर खाइन्छ । मुसाको मासुलाई सिलौटो वा ओखलमा कुटेर मसिनो टुक्रा पारेर बनाईने हुनाले नै थारु भाषामा चुटपुट भनिएको हो ।

गीता चौधरीले दिएको जानकारी अनुसार यसरी बनाउन सकिन्छ मुसाको चुटपुट ।

मुसाको चुटपुट बनाउन चाहिने आवश्यक सामग्री

– मुसा एक वटा
– दाउरा वा पराल आवश्यकता अनुसार
– एक वटा झिर
– नुन अवश्यकता अनुसार
– तेल अवश्यकता अनुसार
– खुर्सानी अवश्यकता अनुसार
– लसुन अवश्यकता अनुसार
– हरियो धनियाँ अवश्यकता अनुसार

बनाउने विधि

– आवश्यकता अनुसार नुन, लसुन र खुर्सानी पिस्नुहोस् ।
– मुसाको भित्री भाग पेट लगायत अन्य अंगलाई फाल्नुहोस् ।
– मुसालाई झिरमा उनेर दाउरा वा परालको आगोमा मुसाको रौं राम्ररी डढ्ने गरेर पोल्नुहोस् ।
– डढी सकेको मुसाको रौँलाई झारेर मुसालाई अलि ठूला टुक्रा पारेर काट्नुहोस् ।
– टुक्रा पारेको मासुलाई फेरी आगोमा पोल्नुहोस् ।
– पोलि सकेको मुसाको टुक्रालाई आफ्नो आवश्यकता अनुसार स–सानो टुक्रा काटेर वा सिलौटोमा थिचेर वा ओखलमा हालेर बनाउनुहोस् ।
– अब तपाईले पिस्नु भएको नुन, लसुन र खुर्सानीको मिश्रणलाई मासुमा मज्जाले मोल्नुहोस् ।
– यसरी तयार गरिएको मुसाको मासुमा आवश्यकता अनुसार तेल तताएर झान्नुहोस् ।
– यसरी मुसाको चुटपुट तयार हुन्छ । अब तपाईले यसलाई खानासंग अचारको रुपमा वा पेय पदार्थसंग सितनको रुपमा खान सक्नु हुन्छ ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested