एकदिने हाइकिङ : बलथलीबाट च्यासीङ्खर्क हुँदै डाँडागाउँ



शनिवारको दिन कतै बाहिर गएर मूड फ्रेस गर्ने मन कसलाई हुँदैन ? तर हामीलाई कता जाने भन्ने समस्या भने आइ नै रहन्छ । शनिवार परिवार, साथीभाई र प्रेमील जोडी कतै बाहिर गएर हप्ताभरको टेन्सन र बोझ हल्का गर्न चाहन्छन् ।

तर कतिपयले उचित स्थान चयन गर्न नसक्दा हप्तामा एक दिन पाएको बिदा पनि खल्लो हुन्छ भने उचित स्थान र उचित गन्तव्यसहित गरिने यात्रा अविस्मरणीय रमाइलो बन्न सक्ने नियमित रुपमा हाइकिङ गराउँदै आएको हाइक फर नेपालका गणेश शर्मा बताउँछन् ।

हाइक फर नेपालले यस शनिवार बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ बल्थलीबाट च्यासीङ्खर्क गाउँ हुँदै डाँडागाउँ हाइकिङ गराउँदै छ ।

१ दिनको हाइकिङ

बल्थलीबाट च्यासीङ्खर्क हुँदै डाँडागाउँको हाइकिङ चैत्र २१ गतेको योजना हो । हाइकिङको लागि काडमाडौँबाट बिहान ७ बजे हिड्ने योजना छ । जसअनुसार इच्छुकहरू बिहान ६ बजेर ४० मिनेटमा भृकुटिमण्डपमा उपस्थित भइसक्नु पर्नेछ । ७ बजे पश्चात हाइकिङ टोली बल्थलीतर्फ लाग्छ ।

बल्थलीबाट च्यासीङ्खर्क हुँदै डाँडागाउँ हाइकिङ करिब १४ देखि १५ किलोमिटरको पैदल यात्रा हो । जसका लागि करिब ६ देखि ७ घण्टा पैदल यात्रा गर्नु पर्ने शर्मा बताउँछन् ।

बल्थलीबाट च्यासीङ्खर्क हुँदै डाँडागाउँ हाइकिङका लागि काठमाडौँबाट करिब डेढ घण्टा (३६ किलोमिटर) बसमा यात्रा गर्नुपर्छ । काठमाडौँ कोटेश्वरबाट सुर्यविनायक र बनेपा हुँदै खोपासीतर्फ लाग्नु पर्छ ।

खोपासी बाट बल्थलीको लागि पैदल यात्रा सुरु हुन्छ । खोपासी र पनौतीको पारी रहेको काभ्रेको बल्थली गाउँ, साँस्कृतिक र प्राकृतिक रुपमा धनी गन्तब्य हो । उत्तरतर्फ मनास्लु, लाङटाङ र सगरमाथाको ताँती, पश्चीम तर्फ असङ्ख्य हरीया खेत र दक्षीणतर्फ महाभारत रेन्जको विशाल जङ्गलहरूको अवलोकन गर्न सकिने र विभिन्न प्रजातीका फूल, लालीगुँरास, म्याग्नोलीया र शालका रुखहरूले भरीएको बल्थली एक सुन्दर गाउँ हो ।

बल्थलीका रमणिय अनुभव बटुल्दै काभ्रेकै च्यासीङ्खर्क तिर लागिन्छ । च्यासीङखर्क पुगेर त्याहाँका गाँउ अवलोकन गरेर डाँडागाउँ फर्कनुपर्छ र डाँडागाउँबाट बसमा काठमाडौँ आइन्छ ।

के-के बोक्ने ?

– सामान्य ट्रेकिङ जुत्ता
– हाइकिङ पोल
– रेनकोट वा छाता
-पानी (कम्तिमा २ लिटर)
– लन्च प्याक (फलफूल, जुस, चकलेट, खाना आदि)
– चस्मा
-मास्क (अनिवार्य)
– स्यानीटाइजर (अनिवार्य)

लागतः

– यस हाइकिङका लागि लाग्ने लागत भनेको १ हजार २ सय रुपैया रहेको छ ।
-हाइक फर नेपालमा पहिले पनि सहभागी भई सकेकाहरूका लागि भने ६ सय रुपैया लाग्ने छ ।
हाइक फर नेपालका तर्फबाट १ हजार २ सय रुपैयामा आकर्षक हाइक फर नेपाल टिसर्ट, यातायात, गाइड चार्ज र आपतकालीन उपचार (फर्स्ट एड) को व्यवस्था गरीएका छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई