English

शिक्षक माग्दै गाउँपालिका कार्यालयमा अभिभावक



रावाबेँसी गाउँपालिका-६ हौंचुरस्थित पञ्चकन्या आधारभुत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् ।

हाल एकजना स्थायी र तीनजना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् ।

स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी कटौति गरेको विद्यालयमा हाल नियमित ५० देखि ६० जना विद्यार्थी आइरहेकाले पुःन दरबन्दी माग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले बताए ।

‘पहिला तत्कालीन जिल्ला शिक्षा कार्यालयले दरबन्दी कटौति गर्‍यो, अहिले दरबन्दी दिने अग्राधिकार स्थानीय सरकारको हातमा छ, त्यसकारण स्थानीय सरकार समक्ष दरबन्दी माग गर्न गएका हौँ,’ अध्यक्ष गुरुङले भने, ‘गाउँपालिका अध्यक्षले महिना दिनभित्र दुई वा एक वटा दरबन्दी उपलब्ध गराउने आश्वासन दिनु भएको छ ।’

भला गुरुङको संयोजकत्वमा ५५ जनाको हस्ताक्षरसहित अभिभावक गाउँपालिकामा दरबन्दी माग गर्दै डेलिगेसन पुगेका हुन् । नजिकै अन्य विद्यालय नभएको, लेक क्षेत्र भएकाले मापदण्डअनुसार विद्यार्थी संख्या पुर्‍याउने अवस्था नभएको तर दरबन्दी कटौति हुँदा सा–साना बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था भएको छ । सोही कारण विद्यालयलाई आरक्षण विद्यालय घोषणा गर्नुपर्ने अभिभावकको माग छ ।

विद्यालयमा कार्यरत निजी शिक्षक अवसर खोज्दै अन्यत्र जाने भएकाले पटक–पटक नयाँ शिक्षक खोजिरहनु पर्ने र पढाइको स्तर खस्किने भएकाले शैक्षिक स्थितरताका लागि दरबन्दी माग गरिएको अभिभावकको भनाइ छ ।

२०२१ सालमा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पले विद्यालय चिराचिरा परेको छ । हाल विद्यालयको भवन टालटुल गरेर प्रयोगमा ल्याएको छ । पुनः भूकम्प आए जनधनको क्षति हुने जोखिम रहेको अभिभावकहरू बताउँछन् ।

यो पनि…
शिक्षकलाई एकमुष्ट आर्थिक सहायता दिने सरकारको निर्णय

शिक्षकका समस्या समाधान गर्न सहमति, कार्यान्वयनमा आशंका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र