English

यी ७ अभिनेत्री जाे श्रीमानभन्दा जेठा छन्



सामाजिक मान्यता के छ भने श्रीमती भन्दा श्रीमान जेठो हुनुपर्छ । खास गरी हिन्दु संस्कारमा यस्तो रहेको पाइन्छ । तर, हिन्दुहरूमा सीमित छैन श्रीमान जेठो हुनुपर्छ भन्ने संस्कार । हरेक जाती र क्षेत्रमा यो मान्यता स्थापित जस्तै छ ।

संस्कार जे भए पनि कानूनमा कुनै बन्देज छैन । जेठी श्रीमती भए पनि विवाह दर्ता हुने नै गर्छ । तर पनि कमैले मात्र आफूभन्दा जेठीलाई बेहुली बनाएका छन् । कला क्षेत्रमा श्रीमानभन्दा जेठाहरूको सङ्ख्या राम्रैसँग पाउन सकिन्छ ।

अभिनेता रमेश उप्रेती विवाह बन्धनमा बाँधिएको केही वर्ष मात्र भएको छ । विकिपेडियामा उल्लेख भए अनुसार सन् १९८२ सेप्टेम्बर ५ रमेशको जन्म मिति हो । यस हिसाबबाट उनी ३९ वर्षको मात्र भए । भनिन्छ, रमेशभन्दा उनकी श्रीमती तथा चलचित्र निर्मात्री किरण राणा कम्तीमा ५ वर्ष जेठी छन् ।

अभिनेत्री श्वेताको जन्म मिति सन् १९८९ फ्रेबुअरी ५ हो भने बिजेन्द्रको जन्म सन् १९९३ अप्रिल २ हो । यस अनुसार उनीहरूबीच ४ वर्षको उमेर ग्याप रहेको छ । बजारको कुरा पत्याउने हो भने श्वेता बिजेन्द्रभन्दा ६–७ वर्ष जेठी छन् ।

विवाह बन्धनबाट मुक्त भएकी नायिका मनिषा कोइरालाले पनि आफूभन्दा ७ वर्ष कान्छा सम्राट दाहालसँग लगनगाँठो कसेकी थिइन् ।

हामीले कला क्षेत्रका त्यस्ता ७ अभिनेत्री फेला पारेका छौँ, जो श्रीमानभन्दा जेठा छन् । सबैभन्दा पहिला कुरा गरौँ, गत २२ मङ्सिरमा धूमधामकासाथ विवाह गरेर चर्चामा आएकी नायिका श्वेता खड्काबाट ।

१. श्वेता खड्का – ४ वर्ष जेठी

अभिनेत्री श्वेता खड्काको विवाह २०७७ साल मङ्सिर २२ गते व्यापारी बिजेन्द्रसिंह रावतसँग भएको हो । श्वेता आफ्नो श्रीमान बिजेन्द्र भन्दा उमेरमा जेठी छिन् ।

विकिपिडियामा उल्लेख भए अनुसार अभिनेत्री श्वेताको जन्म मिति सन् १९८९ फ्रेबुअरी ५ हो भने बिजेन्द्रको जन्म सन् १९९३ अप्रिल २ हो । यस अनुसार उनीहरू बीच ४ वर्षको उमेर ग्याप रहेको छ । बजारको कुरा पत्याउने हो भने श्वेता बिजेन्द्रभन्दा ६–७ वर्ष जेठी छन् ।

२. प्रियङ्का कार्की – ६ वर्ष जेठी

अभिनेत्री प्रियङ्का कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीको विवाह २०७६ साल फागुन १७ गते भएको हो । लामो समयको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएको यो जोडी चर्चामा आइरहन्छ । उनीहरूको चर्चा हुने एउटा कारण उमेर ग्याप पनि हो ।

अभिनेत्री प्रियङ्का श्रीमान आयुष्मान भन्दा जेठी छिन् । प्रियङ्का सन् १९८७ फ्रेब्रुअरी २७ मा र आयुष्मान सन् १९९३ डिसेम्बर १७ मा जन्मिएका हुन् । उनीहरूको उमेर ६ वर्ष भन्दा बढी फरक छ । अर्थात् प्रियङ्का ३४ र आयुष्मान २८ वर्षका भए ।

बिपना थापा पनि आफ्नो श्रीमान भन्दा जेठी छिन् । विकिपेडियाका अनुसार सन् १९७७ अगस्ट २९ मा जन्मिएकी बिपना अहिले ४४ वर्ष पुगिन् । उनको श्रीमान डाक्टर आशुतोष उनी भन्दा ५ वर्ष कान्छा छन् ।

३. निशा अधिकारी – २ वर्ष जेठी

चर्चित अभिनेत्री निशा अधिकारी र राष्ट्रिय टिमका क्रिकेटर शरद भेषवाकर विवाह बन्धनमा बाँधिएको ४ वर्ष भयो । प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरूको पनि उमेर उल्टो ग्याप रहेको भनिन्छ ।

नायिका निशा अधिकारी आफ्ना श्रीमान शरदभन्दा जेठी छिन् । उनीहरूको उमेर ठिक २ वर्षको फरक छ । निशाको जन्म सन् १९८६ अक्टोबर ४ मा भएको हो भने शरदको जन्म सन् १९८८ अक्टोबर १९ मा भएको हो । अर्थात् निशा ३५ र शरद ३३ वर्ष पुगेका छन् ।

४. मेलिना मानन्धर – ४ वर्ष जेठी

सुन्दरी अभिनेत्री मेलीना मानन्धर आफ्नो श्रीमान मुकेश ढकालभन्दा जेठी छिन् । विकिपेडियाका अनुसार मेलिनाको जन्म मिति सन् १९७७ जनावरी २३ हो । जस अनुसार उनी ४४ वर्ष पुगिन् । तर उनका श्रीमान मुकेश भने ४० वर्ष मात्रै पुग्दै छन् । अर्थात् यो जोडीको उमेर ग्याप ४ वर्षको छ ।

अभिनेता सरोज खनालभन्दा अभिनेत्री श्रीमती सुर्यमाला शर्मा जेठी छन् । आफू जेठी भएको कुरा सुर्यमाला स्विकार्छिन् । सरोजले पनि सुर्यमालालाई आफूभन्दा सिनियर मान्छन् ।

५. बिपना थापा – ५ वर्ष जेठी

कुनै बेलाकी चर्चित नायिका बिपना थापा पनि आफ्नो श्रीमान भन्दा जेठी छिन् । विकिपेडियाका अनुसार सन् १९७७ अगस्ट २९ मा जन्मिएकी बिपना अहिले ४४ वर्ष पुगिन् । उनको श्रीमान् डाक्टर आशुतोष उनी भन्दा ५ वर्ष कान्छा छन् । बिपनाका श्रीमान आशुतोष भारतीय हुन् । राजनीतिक परिवारका आशुतोष युवा राजनीतिज्ञ समेत हुन् ।

६. सुर्यमाला शर्मा – सवैमा सिनियर

अभिनेता सरोज खनालभन्दा अभिनेत्री श्रीमती सुर्यमाला शर्मा जेठी छन् । आफू जेठी भएको कुरा सुर्यमाला स्विकार्छिन् । सरोजले पनि सुर्यमालालाई आफूभन्दा सिनियर मान्छन् । उनीहरूको उमेर कति फरक हो भन्ने ठ्याक्कै नभए पनि ५ वर्षजति फरक रहेको नजिककाहरु दाबी गर्छन् ।

७. शकुन्तला शर्मा – सवैमा सिनियर

पाका अभिनेता हरिहर शर्मा पनि अभिनेत्री श्रीमती शकुन्तला शर्माभन्दा कान्छा रहेको बताइन्छ । फिल्म क्षेत्रका अनुसार उनीहरूको उमेरमा त्यति धेरै फरक त छैन तर हरिहर कान्छा छन् । नाट्य क्षेत्रबाट अभिनयमा आएका उनीहरू मध्ये कामको हिसाबमा समेत शकुन्तला नै सिनियर हुन् ।

स्रोत विकिपेडिया, नातेदार र मिडिया ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो