कस्तो छ आज मौसम ?



हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।

सुदूरपश्चिमका पहाडी भू-भागका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।

राति पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । शुक्रबार पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना