English

यहाँ छन् निःशुल्क पुस्तकहरू



इन्टरनेटमा यस्ता धेरै वेबसाइट छन् जो पुस्तक पढ्ने सौखिनको सधैँ खोजीमा हुन्छ । यस्ता वेबसाइटले दर्जनौँ विधा र विषयमा सयौँ निःशुल्क पुस्तक उपलब्ध गराइरहेका छन् । जसबाट बिना पैसा पुस्तक पढ्न र सङ्ग्रह गर्न सकिन्छ । यी पुस्तक कम्प्युटर, ल्यापटप, पाल्मटप, मोबाइल वा ट्याब्लेटमा राखेर पढ्न सकिन्छ अथवा प्रिन्ट गरेर राख्न पनि सकिन्छ ।

स्क्रिब्ड डटकम Scribd.com

यो वेबसाइटलाई पुस्तकको युट्युब पनि भनिन्छ यहाँ असङ्ख्य पुस्तक छन् । यहाँ दर्जनौँ विषयमा विज्ञहरूले लेखेका देखि यात्रा डायरी एवं साहित्यिक रचना पनि प्राप्त गर्न सकिन्छ । यसको रमाइलो पक्ष के छ भने यसमा नयाँ–नयाँ पुस्तक पनि पढ्न पाइन्छ । कुनै पुरै त कुनै कम्प्लिमेन्ट्री ।

प्रोजेक्ट गुटेनबर्गले सुरु गरेको निःशुल्क पुस्तक अभियानको वेबसाइट हो यो, जसमा प्रतिलिपि अधिकारमुक्त पुस्तकहरू सङ्ग्रह गरिएको छ । यो वेबसाइटलाई सार्वजनिक रूपमा उपलब्ध पुस्तकहरूको सबैभन्दा ठुलो सङ्कलन मानिएको छ ।

यो वेबसाइट पुस्तक लेखक तथा प्रकाशकका लागि प्रवर्द्धनको उचित मञ्च पनि हो जहाँ पुस्तकका केही पाठ निःशुल्क अध्ययनका लागि राखेर पाठकको ध्यान र जिज्ञासा बटुल्छ । यसमा नयाँ–नयाँ लेखक देखि प्रसिद्ध लेखकका पुस्तकलाई विभिन्न वर्गमा वर्गीकरण गरिएको छ । यसमा उपलब्ध सर्च बक्सबाट आफूलाई चाहिएको पुस्तक वा विषय छान्न सकिन्छ ।

गुटेनबर्गडटओआरजी Gutenberg.org

प्रोजेक्ट गुटेनबर्गले सुरु गरेको निःशुल्क पुस्तक अभियानको वेबसाइट हो यो, जसमा प्रतिलिपि अधिकारमुक्त पुस्तकहरू सङ्ग्रह गरिएको छ । यो वेबसाइटलाई सार्वजनिक रूपमा उपलब्ध पुस्तकहरूको सबैभन्दा ठुलो सङ्कलन मानिएको छ । यो इन्टरनेटको सबैभन्दा पुरानो निःशुल्क पुस्तक पाइने साइट पनि हो ।

यो विकिमिडिया फाउन्डेसनले सुरु गरेको अनलाईन पुस्तकालय हो जहाँ धेरै भाषाका पुस्तकहरू पाइन्छ । यो वेबसाइट पहिले ऐतिहासिक दस्ताबेजहरू सङ्कलन गर्ने दृष्टिकोणले सुरु गरिएको भए पनि पुस्तकको सङ्ख्या बढ्दै जाँदा पुस्तकालयका रूपमा विकसित भयो

यसमा सेक्सपियर, मार्क ट्वेन, एन्टन चेखोभ, लियो टाल्सटायजस्ता महान् एवं मूर्धन्य लेखकका रचना निःशुल्क प्राप्त गर्न सकिन्छ । यसमा ४० हजार भन्दा बढी पुस्तक छन् । यो वेबसाइटले सबैभन्दा धेरै पढिएका र भरखरै राखिएका सूचीमार्फत कुन पुस्तक पढ्ने भन्ने कुरा पनि सुझाउँछ ।

गुगलबुक्स books.google.com

यो गुगलले पुस्तक प्रेमीहरूका लागि प्रारम्भ गरेको वेबसाइट हो । सुरुमा अङ्ग्रेजी साहित्यलाई डिजिटलाईज गर्ने प्रोजेक्टका रूपमा लिइएको यो साइटले लाखौँ पुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ जहाँ नयाँ लेखकका पुस्तक देखि स्थापित लेखकसम्मका सबै विषयका पुस्तक पाइन्छ । गुगलले पुस्तक स्क्यान गर्ने विशेष प्रविधि प्रयोग गरेर अङ्ग्रेजीका करिब २ करोड पुस्तक अनलाईनमा उपलब्ध गराएको छ ।

यदि नेपाली भाषा–साहित्यका पुस्तक पनि निःशुल्क अध्ययन गर्न चाहनुहुन्छ भने पुस्तकालय डट ओआरजी pustakalaya.org मा जान सक्नुहुन्छ, जसमा साहित्य, कला, शिक्षण सामग्री, पत्रपत्रिका, ऐतिहासिक दस्ताबेज, नक्सा, भिडियो आदि सामग्री उपलब्ध छन् ।

विकिसोर्स wikisource.org

यो विकिमिडिया फाउन्डेसनले सुरु गरेको अनलाईन पुस्तकालय हो जहाँ धेरै भाषाका पुस्तकहरू पाइन्छ । यो वेबसाइट पहिले ऐतिहासिक दस्ताबेजहरू सङ्कलन गर्ने दृष्टिकोणले सुरु गरिएको भए पनि पुस्तकको सङ्ख्या बढ्दै जाँदा पुस्तकालयका रूपमा विकसित भयो, जुन इन्टरनेटमा उपलब्ध निःशुल्क पुस्तकालयमा ठुला मध्येको एक हो । यहाँ रहेका धेरैजसो पुस्तक प्रकाशित भएर एक पटक बजारमा आइसकेका छन् । त्यसबाहेक एनिमेसन, भिडियो, अडियो प्रयोग भएका ई बुकहरू पनि रहेका छन् ।

यी त भए विदेशी पुस्तक पढ्न पाइने निःशुल्क वेबसाइटहरू । यदि नेपाली भाषा–साहित्यका पुस्तक पनि निःशुल्क अध्ययन गर्न चाहनुहुन्छ भने पुस्तकालय डट ओआरजी pustakalaya.org मा जान सक्नुहुन्छ, जसमा साहित्य, कला, शिक्षण सामग्री, पत्रपत्रिका, ऐतिहासिक दस्ताबेज, नक्सा, भिडियो आदि सामग्री उपलब्ध छन् ।

यसमा प्रख्यात नेपाली पत्रिका, शब्दकोश तथा अङ्ग्रेजी भाषा सिकाइसम्बन्धी सामग्रीहरू राखिएका छन् । यसमा विद्यार्थीका लागि स्कुल विकिपेडीया एवं बालबालिकाका लागि ई–अध्ययन पनि उपलब्ध छ । यो साइटमा सन्दर्भ सामग्रीका रूपमा नाम चलेका लेखकका पुस्तकहरू पनि पढ्न पाइन्छ ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन