चितवनमा बन्दको प्रभाव (फोटो फिचर)



विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने राजनीतिक दलका प्रमुख नेताहरू विरुद्ध बन्दकर्ताले नाराबाजी गरेका थिए ।

मुख्य बजार क्षेत्रमा पसलहरु खुल्न सकेका छैनन् । चितवनमा लामो तथा छोटा दूरीका सार्वजनिक यातायात, मालबाहक गाडी र विद्यालय सञ्चालन हुन सकेका छैन । बैंक तथा वित्तिय संस्थाहरु एकदुईवटा खुलेका छन् । मोटरसाइकल, अटोलगायत साना सवारी साधनहरु भने केही कम सञ्चालन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बन्दको प्रभाव सामान्य परेको बताए । बन्दकर्ताले कतै जबरजस्ती गरेका छैनन् । अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको उनले बताए ।

‘अवस्था शान्तिपूर्ण नै छ । अहिलेसम्म बन्दकर्ता पनि पक्राउ परेका छैनन्’, उनले भने ।

यो पनि
एमसीसी पास भएपछि अमेरिकाले के भन्यो ?
एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही