मौसम : पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय



नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेको छ । आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि सोमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सफा रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आकलन गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो