आज यी प्रदेशमा वर्षाको सम्भावना



हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थान तथा बाग्मती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

राति उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना