English

आज यी प्रदेशमा वर्षाको सम्भावना



हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थान तथा बाग्मती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

राति उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested