English

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला



पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमण फैलने डरले विसं २०७६ र २०७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानीसाथ मेला सञ्चालन गरिने उनले बताए । महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिनेछ ।

मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव सञ्चालन संघलाई रु १५ लाख १५ हजारमा मेला सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ । मेलामा बालबालिका एवम् वयस्कका लागि पिङलगायतका खेलका साथै विभिन्न सामग्रीको किनमेल पनि गर्न सकिने गरी कक्ष सञ्चालन गरिने जनाइएको छ ।

यो पनि
रुद्राक्ष धारण गर्दा अपनाउनुहोस् यी नियम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested