English

गर्भवती महिलाले कफी पिए बच्चाको आकार घट्ने !



प्रेग्नेन्सीको बेला महिलाले दिनमा आधा कप कफी पिएमा पनि बच्चाको आकार घट्ने वैज्ञानिकहरुले बताएका छन् । यो दाबी अमेरिकी वैज्ञानिकले आफ्नो रिसर्चमा गरेका हुन् । रिसर्चका अनुसार जन्मको समयमा सानो बच्चा भएमा भविष्यमा मोटोपन, हार्ट डिजीज र डायबिटिजको खतरा हुनसक्ने बताएका छन् ।

यसरी भयो रिसर्च

शोधकर्ताहरुले २ हजार भन्दा धेरै फरक फरक देशका महिलाहरुलाई रिसर्चमा सामेल गराएका थिए । १२ फरक फरक स्थानमा यसको रिसर्च भएको थियो । रिसर्चमा ८ देखि १३ हप्ताका प्रेग्नेन्ट महिलाहरुले रजिस्ट्रेशन गराएका थिए । यी सबै महिला नन स्मोकर्स थिए र प्रेग्नेन्सी भन्दा पहिला कुनै पनि रोगबाट ग्रस्त थिएनन् ।

यस्तो किन ?

शोधकर्ताले कैफीनको असरका कारण गर्भाशय र गर्भनाल सानो हुन्छ, यसले कोखमा बढीरहेको बच्चासम्म ब्लडको सप्लाई घट्छ । नतिजा, यसको ग्रोथमा पर्दछ । त्यति मात्रै होइन, यसमा हार्मोनलको समस्या पनि हुन सक्छ र यसले बच्चालाई भविष्यमा मोटोपनको सामना गर्नुपर्ने हुनसक्छ ।

कैफीन र एनर्जी ड्रिंक्सबाट टाढै रहनुहोस्

शोधकर्ताहरुले गर्भवती महिलाहरुलाई प्रेग्नेन्सीका बेला कैफीन वाला चीज जस्तै चिया, कफी र एनर्जी ड्रिंक्सबाट टाढै रहन सुझाएका छन् । हेल्थ एजेन्सीले पनि गर्भवती महिलाले २०० एमएल भन्दा धेरै कैफीन लिन नहुने भनेका छन् ।

कैफीनको सेवन कम गर्न आवश्यक

नेशनल इन्स्टीच्यूट अफ चाइल्ड हेल्थ एण्ड डेभलपमेण्टका शोधकर्ता क्याथरिन ग्रेण्ट्जले प्रेग्नेन्सीको बेला कैफीन जस्ता पेय पदार्थ कम गर्न सुझाएकी छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested