English

एमसीसीमा साझा सहमति खोज्दै कांग्रेस, दलहरू के भन्छन् ?



प्रतिनिधिसभामा आइतबार एमसीसी सम्झौता टेबुल भएपछि नेपाली कांग्रेस यतिबेला दलहरूबीच सहमति जुटाउन संवाद थालेको छ । कांग्रेसले नेता रामचन्द्र पौडेललाई एमसीसीको विरोधमा रहेका दलका शीर्षस्त नेताहरूसँग संवाद गर्न खटाएको छ ।

नेता पौडेलले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग संवाद गरे । पौडेलले उनीहरूलाई एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरेको स्रोतको भनाइ छ ।

नेता पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि संवाद गर्ने बुझिएको छ । नेता पौडेल सहमति जुटाउन सक्रिय हुँदै गर्दा दलहरूले एमसीसीको तीव्र विरोधमा छन् । आज सोमबार एकसीसीका विषयमा कसले के भने ?

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकबाट पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् । उनले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय भएको बताए । उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने जानकारी दिए । उनले यससँग एमसीसीका विषयमा आफ्नो पार्टीको पोजिसन प्रष्ट भएको बताएका छन् ।

एमसीसीविरुद्ध कार्यकर्ता सडकमा

सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । एमसीसीको एजेण्डालाई संसद्‍मा टेबुल गराएर भित्र-भित्रै अनुमोदन गर्ने गम्भीर षडयन्त्र भएको भन्दै आज महोत्तरीको बर्दिबास सहरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीले आफ्ना नेताहरूलाई खबरदारीसमेत गराएको छ । सर्वसाधारण, युवा तथा भातृ संगठनका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणवद्धरुपमा अगाडि बढाइने माओवादी केन्द्रका युवा नेता सौरभ खडकाले जानकारी दिए ।

एमसीसी फिर्ता नभएसम्म महोत्तरीका हरेक देशभक्त नागरिकलाई संघर्षको अभियानमा सहभागी गराउने नेताको खडकाको भनाइ छ । प्रदर्शनमा एमसीसीको विषयमा मौन बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स्थानीय नेतासमेत सहभागी भएका छन् ।

प्रतिनिधिसभामा आइतबार एमसीसी सम्झौता टेबुल भएपछि नेपाली कांग्रेस यतिबेला दलहरूबीच सहमति जुटाउन संवाद थालेको छ । कांग्रेसले नेता रामचन्द्र पौडेललाई एमसीसीको विरोधमा रहेका दलका शीर्षस्त नेताहरूसँग संवाद गर्न खटाएको छ ।

नेताको स्वार्थको लागि एमसीसी अनुमोदन गर्नु घातक हुने बताउँदै नेकपा एमालेका स्थानीय नेता कुमार भण्डारीले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने बताएका छन् । यसअघि पनि माओवादी केन्द्रको भातृ संगठन वाइसेलले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको थियो ।

नेताहरूले सबैलाई भ्रममा पार्नेगरी भित्रभित्रै षड्यन्त्र गरिरहेको बिषयलाइई मध्यनजर गर्दै आन्दोलनको जरुरत भएको वाइसिएल नगर कमिटीका इन्चार्ज बाबु चालाइगाईंले बताए । प्रदर्शनमा नेपाली कांग्रेस भने सहभागी थिएन ।

एमसीसीको पक्षमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति भएको छैन : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) का विषयमा संसदमा मतदान गर्न सत्तारुढ दलहरूबीच सहमति नभएको बताएका छन् ।

सोमबार बत्तीसपुलतीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म एमसीसी संसदमा टेबल गर्न मात्र दलहरूबीच सहमति भएको जनाए ।

‘एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको हो । संसदमा मत दिने विषयमा सांसद र दलहरूसँग सहमति भएको छैन,’ कांग्रेस प्रवक्ता महतले भने । एमसीसीलाई विवादित बनाउनु दुःखद् भएको उनले बताए । एउटै मापदण्डको आधारमा बिदेशी सहयोग लिने नीति बनाउनु पर्ने समेत उनले जनाए ।

उनले गुण र दोषका आधारमा गठबन्धन टिक्ने बताउँदै भने, ‘टेबुल गर्न जस्तै अनुमोदन गर्न पनि सत्ता गठबन्धनले सहयोग गर्ने विश्वास छ ।’ एमसीसीलाई अन्य मुद्दासँग जोडेर राजनीति नगर्न उनले सबैलाई आग्रह गरेका थिए ।

एमसीसीविरुद्धको आन्दोलनप्रति ओली आक्रोशित

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको बताए ।

आफूमाथि ढुंगामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी भागेको भन्दै उनले सरकारमा रहेर सडकमा प्रदर्शन गर्ने र प्रहरीमाथि ईटा प्रहार गरेकोमा आक्रोश व्यक्त गरे ।

एमसीसीविरुद्ध सर्वोच्चमा रिट दायर

आइतबार प्रतिनिधिसभामा टेबुल भएको एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि बढाउन नहुने भन्दै भण्डारीले रिट दिएका हुन् । तर रिट दर्ता भएको छैन । रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

एमसीसी टेबुल भएको विरोधमा दलहरू विभाजित भएका छन् भने जनस्तरमा पनि यसको बिरोध भइरहेको छ । विरोधमा उत्रेकाविरुद्ध प्रहरीले बल प्रयोग गरेको थियो ।

यो पनि
जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं : माओवादी केन्द्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

Latest










Popular
Suggested