English

उनी थिए बलिउडका पहिलो चकलेटी नायक



हिन्दी सिनेमामा पहिलो चकलेटी नायक भनेर कसलाई चिनिन्थ्यो ? कसैले सलमान खान भन्छन्, कसैले शाहरुख खान त कसैले आमिर खान ।

तर यो कुरा थाहा पाउन हामीलाई ६० को दशकतिर जानुपर्ने हुन्छ । एक बंगाली अभिनेता, जसको आकर्षण त्यो समयको अन्य कलाकारको भन्दा अलग थियो । उनको नाम हो, जय मुखर्जी । बलिउडमा सबैभन्दा पहिले चकलेटी अभिनेताको ट्याग पाउने व्यक्ति उनै हुन् भन्ने मान्यता छ ।

जय मुखर्जीको व्यक्तित्व फरक किसिमको थियो । अग्लो कद, गोरो रङ, पातलो शरीर, बाक्लो कपाल र रमाइलो गर्ने शैली । बलिउडका अन्य कलाकारको भन्दा छुट्टै व्यक्तित्व थियो उनको ।

जयको तुलना हलिउड अभिनेता रोक हडसनसँग गरिन्छ । उनले थोरै मात्र चलचित्रमा अभिनय गरे । वि लव इन सिमला, जिद्धी, लव इन टोकियो, शागिर्द, पुरस्कार र इन्स्पेक्टर जस्ता फिल्ममा उनी देखिए । फिल्मबाट धेरै सफलता हात पार्न पनि सकेनन् तर उनको फरक शैलीको कारण उनलाई धेरैले मन पराए । केटीहरूको बिचमा उनको छुटै क्रेज थियो । उनको जन्म २४ फरवरी १९३९ झाँसीमा भएको थियो ।

दिलिप कुमार, देव आनन्द र राज कपुरको समयमा नै जय मुखर्जी पनि बलिउडमा आएका थिए । त्यसबेला धर्मेन्द्र, शम्मी कपुर र शशि कपुर जस्ता राम्रा कलाकारहरूले बलिउडमा डेब्यु गरिसकेका थिए । यस्तो अवस्थामा बलिउडमा आफ्नो स्थान बनाउन त्यत्ति सहज थिएन । तर उनको छुट्टै व्यक्तित्वले गर्दा नै उनलाई थुप्रै फिल्मको अफर आयो । त्यसैले उनलाई समयभन्दा पनि अगाडिको कलाकार भनिन्थ्यो । उनको पिता तथा फिल्म निर्माता सशाधर मुखर्जी फिटनेसको कुरामा निकै कडा थिए । त्यसैले जयको आकर्षक शरीरको श्रेय उनको पितालाई जान्छ ।

काजोलसँग सम्बन्ध

अभिनेत्री काजोलसँग जय मुखर्जीको नाता महत्वपूर्ण छ । सशाधर मुखर्जीको पाँच जना छोरा थिए । रोनो मुखर्जी, देव मुखर्जी, जय मुखर्जी, सोमु मुखर्जी र सुबिर मुखर्जी । सोमु मुखर्जीले बलिउडकी प्रसिद्ध अभिनेत्री तनुजासँग विवाह गरे । उनीहरूको दुई छोरी भए काजोल र तनिषा मुखर्जी । त्यसैले, नातामा उनी काजोलको सहोदर काका हुन् । एजेन्सी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत सरकारी मेसेजिङ प्लेटफर्म विकास

Latest










Popular
Suggested