English

उनी थिए बलिउडका पहिलो चकलेटी नायक



हिन्दी सिनेमामा पहिलो चकलेटी नायक भनेर कसलाई चिनिन्थ्यो ? कसैले सलमान खान भन्छन्, कसैले शाहरुख खान त कसैले आमिर खान ।

तर यो कुरा थाहा पाउन हामीलाई ६० को दशकतिर जानुपर्ने हुन्छ । एक बंगाली अभिनेता, जसको आकर्षण त्यो समयको अन्य कलाकारको भन्दा अलग थियो । उनको नाम हो, जय मुखर्जी । बलिउडमा सबैभन्दा पहिले चकलेटी अभिनेताको ट्याग पाउने व्यक्ति उनै हुन् भन्ने मान्यता छ ।

जय मुखर्जीको व्यक्तित्व फरक किसिमको थियो । अग्लो कद, गोरो रङ, पातलो शरीर, बाक्लो कपाल र रमाइलो गर्ने शैली । बलिउडका अन्य कलाकारको भन्दा छुट्टै व्यक्तित्व थियो उनको ।

जयको तुलना हलिउड अभिनेता रोक हडसनसँग गरिन्छ । उनले थोरै मात्र चलचित्रमा अभिनय गरे । वि लव इन सिमला, जिद्धी, लव इन टोकियो, शागिर्द, पुरस्कार र इन्स्पेक्टर जस्ता फिल्ममा उनी देखिए । फिल्मबाट धेरै सफलता हात पार्न पनि सकेनन् तर उनको फरक शैलीको कारण उनलाई धेरैले मन पराए । केटीहरूको बिचमा उनको छुटै क्रेज थियो । उनको जन्म २४ फरवरी १९३९ झाँसीमा भएको थियो ।

दिलिप कुमार, देव आनन्द र राज कपुरको समयमा नै जय मुखर्जी पनि बलिउडमा आएका थिए । त्यसबेला धर्मेन्द्र, शम्मी कपुर र शशि कपुर जस्ता राम्रा कलाकारहरूले बलिउडमा डेब्यु गरिसकेका थिए । यस्तो अवस्थामा बलिउडमा आफ्नो स्थान बनाउन त्यत्ति सहज थिएन । तर उनको छुट्टै व्यक्तित्वले गर्दा नै उनलाई थुप्रै फिल्मको अफर आयो । त्यसैले उनलाई समयभन्दा पनि अगाडिको कलाकार भनिन्थ्यो । उनको पिता तथा फिल्म निर्माता सशाधर मुखर्जी फिटनेसको कुरामा निकै कडा थिए । त्यसैले जयको आकर्षक शरीरको श्रेय उनको पितालाई जान्छ ।

काजोलसँग सम्बन्ध

अभिनेत्री काजोलसँग जय मुखर्जीको नाता महत्वपूर्ण छ । सशाधर मुखर्जीको पाँच जना छोरा थिए । रोनो मुखर्जी, देव मुखर्जी, जय मुखर्जी, सोमु मुखर्जी र सुबिर मुखर्जी । सोमु मुखर्जीले बलिउडकी प्रसिद्ध अभिनेत्री तनुजासँग विवाह गरे । उनीहरूको दुई छोरी भए काजोल र तनिषा मुखर्जी । त्यसैले, नातामा उनी काजोलको सहोदर काका हुन् । एजेन्सी



सम्बन्धित खबरहरु

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested