English

क्यान्सरलाई यसरी जितिन्छ

क्यान्सर जित्ने सामाजिक अभियन्ता


काठमाडौं, बुढानिलकण्ठकी प्रमिता खनालले क्यान्सरका बिरामीहरूलाई काउन्सलिङ सेवा प्रदान गर्दै आएको ९ वर्ष पूरा भयो । उनले क्यान्सर बिरामीहरूलाई प्रदान गर्ने हौसला र आत्मविश्वासले धेरै बिरामीहरूको मनोबल बढ्दै रोग प्रतिरोधात्मक क्षमता समेत बढ्ने गरेको छ । अहिले क्यान्सर बिरामीहरूको आत्मविश्वास र हौसला बढाउँदै आउने प्रमिताले स्वयं क्यान्सर रोगलाई पराजित गर्न सफल पनि भएकी हुन् ।

करिब १० वर्ष अघि उनको शरीरमा स–साना बिमिराहरू देखा परे । शरीरभरी आएका बिमिराहरू दाग बस्दै हराउँदै जान थाले । यसै क्रममा स्तनमा पनि स–साना बिमिराहरू देखा पर्न थाल्यो । शरीरको अन्य भागमा देखा परेका बिमिराहरू हराउँदै गए पनि स्तनमा देखा परेको बिमिराहरू भने निको भएन । समस्या समाधान नभएपछि उनले स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई देखाइन् ।

घरमा सल्लाह हुँदा मेरो उपचार इन्डियामा गर्ने निर्णय भयो । तर मैले उपचारका लागि इन्डिया नजाने बरु नेपालमै गर्ने निर्णय गरें । मेरो यो निर्णयले नेपालका चिकित्सकहरू पनि खुशी हुनुभयो ।

डाक्टरले पिलो आएको आशङ्कामा एक हप्ताका लागि एन्टिबायोटिक खाने सल्लाह दिए । एक हप्ताको औषधी सेवन गर्दा पनि घाउ निको हुनुको सट्टा झनै बढ्दै गयो । त्यसैले १५ दिन पछि डाक्टरले सर्जरी गरेर निकाल्नुपर्ने र बायप्सी टेस्ट गर्नुपर्ने बताए ।

टिचिङ अस्पतालमा भएको शल्यक्रियाको रिपोर्ट लिनको लागि मलाई फोन आयो । प्रमिता भन्छिन्– रिपोर्ट लिन म एक्लै हस्पिटल पुगें । हस्पिटलमा कोसँग आउनुभएको छ भनी सोधे, मैले आफू एक्लै आएको, रिपोर्ट आफूलाई नै बताउन भने ।’ रिपोर्टमा मलाई पहिलो चरणको क्यान्सर भएको जानकारी दिइयो । एक छिन त छाँगाबाट खसेझैँ भए ।

एकै पटक मनका विभिन्न कुराहरू खेले । घरमा भएका साना बच्चाहरू, वृद्ध उमेरका सासू ससुरालाई कसरी सुनाउने भनेर मन आत्तियो । मैले आफ्नो आत्मबललाई दह्रो बनाएर घरका सम्पूर्ण सदस्य र श्रीमानलाई बताएँ । मेरो कुरा सुनेर परिवारका सदस्यहरू नआत्तिई मेरो रोग निको हुन्छ भनेर हौसला दिनुभयो ।

आज भन्दा १० वर्ष अगाडी नेपालमा रेडियो थेरापी भक्तपुर र भरतपुरमा रहेको क्यान्सर अस्पताल मात्र थियो । भक्तपुरको रेडियो थेरापी बिग्रिएको र बेलाबेलाको नेपाल बन्दले गर्दा भरतपुर जान नसकिने अवस्था आएको कारण इण्डिया गएर गरें।


घरमा सल्लाह हुँदा मेरो उपचार इण्डियामा गर्ने निर्णय भयो । तर मैले उपचार कालागि इण्डिया नजाने बरु नेपालमै गर्ने निर्णय गरें । मेरो यो निर्णयले नेपालका चिकित्सकहरू पनि खुशी हुनुभयो ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा डा. प्रकाश सामयीको नेतृत्वमा मेरो शल्यक्रिया सफलतापूर्वक भयो । शल्यक्रियापछि किमोथेरापी भने मैले ओम हस्पिटलमा डा. सुदिप श्रेष्ठबाट गराएँ । किमोको ६ वटा साइकल पूरा गरेपछि रेडियो थेरापी दिनुपर्ने भयो । आजभन्दा १० वर्ष अगाडी नेपालमा रेडियो थेरापी भक्तपुर र भरतपुरमा रहेको क्यान्सर अस्पताल मात्र थियो । भक्तपुरको रेडियो थेरापी बिग्रिएको र बेलाबेलाको नेपाल बन्दले गर्दा भरतपुर जान नसकिने अवस्था आएको कारण इण्डिया गएर गरें ।

नेपाल क्यान्सर सर्भाइबर सोसाइटी क्यान्सर विजेताहरूको संस्था भएको, यस संस्थाले क्यान्सर पीडितसित भेटेरै आवश्यक सरसल्लाह दिने, बिरामी र बिरामीको परिवारको मनोबल बढाउने, रकम सङ्कलन गरेर विपन्न वर्गका बिमारीलाई सहयोग गर्ने गरेको प्रतिमा बताउँछिन् ।

सानैदेखि समाजसेवाको क्षेत्रमा काम गर्ने रुचि भएकी प्रमिताको भेट ओम हस्पिटलमा किमोथेरापी दिने क्रममा सिद्धि चन्दसँग भयो । चौथो स्टेजको क्यान्सरको उपचार गराई रहेकी सिद्धि चन्दको प्रेरणादायी कुराले मलाई समाज सेवामा लाग्न झनै ऊर्जा थप्यो । क्यान्सर रोगको उपचार गराइरहेका बिमारीहरूलाई औषधोपचार सँगसँगै हौसला र प्रेरणाको पनि आवश्यक हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर मैले महिनौँसम्म छलफल कार्यक्रम चलाएँ । क्यान्सरका क्लिनिकहरूमा मनोपरामर्शको काम गर्दै नेपाल क्यान्सर सर्भाइबर सोसाइटी निकासको स्थापना गरियो ।

नेपाली समाजमा क्यान्सर रोग लाग्न साथ मानिसहरूलाई यो रोग निको हुँदैन र यो रोग लागेपछि मरिन्छ भन्ने भ्रम रहेको छ । प्रतिमा भन्छिन्– क्यान्सरलाई समयमै पत्ता लगाउन सकेर उपचार गर्ने हो भने क्यान्सर सोचेजस्तो भयावह रोग होइन ।

नेपाल क्यान्सर सर्भाइबर सोसाइटी क्यान्सर विजेताहरूको संस्था भएको प्रमिता बताउँछिन् । यस संस्थाले क्यान्सर पीडितसित भेटेरै आवश्यक सरसल्लाह दिने, बिरामी र बिरामीको परिवारको मनोबल बढाउने, रकम सङ्कलन गरेर विपन्न वर्गका बिरामीलाई सहयोग गर्ने गरेको प्रमिता बताउँछिन् । अहिले कोरोना सङ्क्रमणको बेला फोनबाट तथा वेबिनारबाट विभिन्न डाक्टरलाई समेत सहभागी गराई अन्तरक्रिया तथा सल्लाह–सुझाव दिने गरेको छ । यसका साथै स्कुल, क्याम्पसमा क्यान्सरसम्बन्धी सचेतना कार्यक्रमहरू गर्दै आएको प्रमिता बताउँछिन्।

नेपाली समाजमा क्यान्सर रोग लाग्न साथ मानिसहरूलाई यो रोग निको हुँदैन र यो रोग लागेपछि मरिन्छ भन्ने भ्रम रहेको छ । प्रमिता भन्छिन्– क्यान्सरलाई समयमै पत्ता लगाउन सकेर उपचार गर्ने हो भने क्यान्सर सोचे जस्तो भयावह रोग होइन, तर मानिसहरूले अनावश्यक रूपमा यसलाई भयावह बनाइदिएका छन् । आफ्नो खानपानमा विशेष ध्यान दिने, योग गर्ने र समय समयमा स्वास्थ्य जाँच गराउने बानी बसाल्ने हो भने क्यान्सरको जोखिम धेरै कम गर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले