English

बच्चाहरूको दिमाग सुस्त छ ? खुवाउनुहोस् यस्ता खानेकुरा



बच्चाहरूको दिमाग पूर्ण विकास हुनु धेरै महत्त्वपूर्ण हुन्छ । पूर्ण विकास भएमा उनीहरूले छिटो बुझ्न र सिक्न सक्छन् । तर मानसिकरूपमा स्वस्थ रहनु सबैका लागि महत्त्वपूर्ण छ । यदि तपाईं मानसिक रूपमा फिट हुनुहुन्न भने कुनै पनि काम राम्रोसँग गर्न गाह्रो हुन्छ ।

सानै उमेरमा स्वस्थ मस्तिष्कको विकास धेरै महत्त्वपूर्ण छ । बच्चाले कुनै कुरा चाँडै बुझ्न वा सम्झन सक्दैन जस्तो लाग्छ भने उनीहरूको खानामा ध्यान दिनुपर्छ । बच्चालाई मानसिकरूपमा स्वस्थ र स्मार्ट बनोस् भन्ने चाहनुहुन्छ यी खानेकुरा खुवाउनुहोस् :

अण्डा

अण्डा प्रोटिनको मुख्य स्रोत हो । अण्डा खाँदा बालबालिकाको दिमाग राम्रोसँग विकास हुन्छ । अण्डाको पहेँलो भागमा कोलिन पाइन्छ जुन मस्तिष्क र स्मरण शक्तिको विकासका लागि महत्त्वपूर्ण पोषक तत्त्व हो । यसले आँखालाई पनि स्वस्थ राख्छ । अण्डामा प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन, मिनरल्स आदि प्रचुर मात्रामा पाइन्छ । यसले बच्चालाई मानसिकरूपमा धेरै तेज, तीक्ष्ण बनाउँछ । त्यसैले दिनको एउटा अण्डा खुवाउनुहोस् ।

माछा

माछा साल्मन, ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । जुन मस्तिष्कको विकास र कार्यका लागि आवश्यक हुन्छ । यी फ्याटी एसिडहरू पर्याप्त मात्रामा प्राप्त गर्नाले मानसिक सुधार हुन्छ । माछालाई खानामा तथा नास्ताको रूपमा दिन सकिन्छ ।

पिनट बटर

बच्चाहरूलाई पिनट बटर धेरै मनपर्छ । यो एक स्वस्थ खाजा हो जसमा भिटामिन ‘ई’ प्रशस्त हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि हुन्छ जसले स्नायु झिल्लीलाई जोगाउँछ । यसमा मस्तिष्कका लागि राम्रो हुने थायमिन र ऊर्जा दिने ग्लुकोज पनि हुन्छ । पाउरोटी र केरासँग पिनट बटर दिन सकिन्छ ।

दूध र दही

भिटामिन ‘बी’ मस्तिष्कको तन्तु, न्युरोट्रान्समिटर र इन्जाइमहरूको वृद्धिको लागि आवश्यक हुन्छ । दुग्धजन्य पदार्थ पोषक तत्त्वहरूको लागि राम्रो स्रोत हो । यिनीहरू भिटामिन ‘डी’ को पनि उत्कृष्ट स्रोत हो । कम-फ्याट चीज स्टिकहरू एक उत्कृष्ट खाजा हो जुन क्याल्सियमको स्रोत हो ।

यो पनि
विवाहयोग्य छन् एचआइभी संक्रमित पनि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested