English

धरापमा गठबन्धन



एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री को सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । जहाँ  एमसीसीबारे छिनोफानो हुनेछ ।

बुधबार एमसीसी  संघीय संसदमामा टेबल गर्न जोडबल गरिरहेका थिए प्रधानमन्त्री देउवा । तर उनी त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरूकै असहयोगपछि देउवा पछि हटेका थिए । गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

एमसीसीकै विपक्षमा रहेको अर्को दल एकीकृत समाजवादीले देशभर प्रदर्शन गरिरहेको छ । एमसीसीका कतिपय बुँदा संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा समाजवादी छ । उता जनता समाजवादी पार्टी (जसपा) मा एमसीसीको विषयमै दुई धार बनेको छ ।

डा.बाबुराम भट्टराई पक्ष एमसीसी पारित गराउनुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा छन् । सो पार्टीको ठोस निर्णय सार्वजनिक भएको छैन । जनमोर्चा पनि एमसीसीको विरोधमा सडकमा छ ।

पार्टीको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान बालुवाटार पुगे । जहाँ उनले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई भनेका थिए ।

आफ्नो पार्टीका अधिकांश कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डले देउवासँग बताएका थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्न प्रयास गर्न देउवालाई आग्रह गरे । तर देउवाले त्यसमा सहमति जनाएनन् ।

एमसीसीको विषयमा भइरहेको मतभेदले गठबन्धन धरापमा परेको स्पष्ट देखिन्छ । जसले एमसीसीका पक्षधरहरूबीच नयाँ समीकरण बन्न सक्छ । एमसीसी पारित गराउनकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गर्न सक्छन् ।

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने उनको भनाइ थियो । एक्ला एक्लै भएको भेटबारे दुवै नेताले आफूहरू निकट नेतालाई जानकारी गराएका थिए ।

गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दलनै बिरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाइ थियो । पार्टीले गठबन्धनमा कुरा नमिले पनि अघि बढ्नु पर्ने दबाब दिइरहँदा सहयात्री दलको यस्तो निर्णयले समस्या पर्ने बताए ।

त्यसपछि देउवाले भने, ‘यसरी अघि बढ्न समस्या हुन्छ, गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गरौं ।’ देउवाको प्रस्तावलाई प्रचण्डले स्वीकार गरे ।

गठबन्धनमा छलफल गरेर साझाबिन्दु खोजी गर्न सकिने प्रचण्डको विश्वास थियो । एमसीसीको विषयमा भइरहेको मतभेदले गठबन्धन धरापमा परेको छ । जसले एमसीसीका पक्षधरबीच नयाँ समीकरण बन्ने देखिन्छ ।
यो पनि
देउवाको निष्कर्ष : एमसीसी फिर्ता भए दीर्घकालीन असर
एमसीसी : अप्ठ्यारो
मा प्रचण्ड
एमसीसी : सडक र संसद्का यी दश घटना
संसदमा एमसीसी टेबुल नगर्ने सहमति, देउवाले डाके गठबन्धन बैठक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested