English

नेल्सन मण्डेलाका १० प्रेरणादायी विचार



सन् १९१८ जुलाई १८ मा जन्मेका नेल्सन मण्डेला विश्व प्रसिद्ध राजनेता हुन् । उनी आफ्नो जीवनमा रङभेदी र जातिभेदी नेतृत्वविरुद्ध अनवरत लडेर दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रप्रमुख बन्न सफल भएका थिए ।

देशमा लोकतन्त्र ल्याउन चलाएको संघर्षका क्रममा २७ वर्ष जेल जीवन विताएका मण्डेलाले सदैव मानिसको भलाईका लागि काम गरेका थिए । उनी सन् १९९० मा जेलबाट रिहा भए । त्यसपछि १९९४ देखि १९९९ सम्म उनले दक्षिण अफ्रिकाका राष्ट्रपति भई सत्ता सम्हाले ।

मण्डेलालाई शान्तिका दूत पनि भनिन्छ । उनी विश्वभरका मानिसका लागि प्रेरणाका स्रोत पनि हुन् । उनका विचारले मानिसलाई एक नयाँ दिशा देखाउँछन् । उनका जीवन्त १० विचार यस प्रकार छन् ।

१. कुनै पनि मानिसले जन्मदेखि नै रङ, परिस्थिति र उसको धर्मप्रति घृणा लिएर पैदा भएको हुँदैन ।

२. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो, जसले विश्व बदल्न सक्दछ ।

३. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधैं विजयलाई जोडिरहेका हुन्छन् ।

४. तपाईं कुनै व्यक्तिसँग कुरा गर्दा उसले बुझ्ने भाषाको प्रयोग गर्नु भयो भने उसले बुझ्न सक्छ । तर यदि तपाईंले उसँग उसकै मातृभाषामा कुरा गर्नु भयो भने उसको दिलमा गएर बस्छ ।

५. जबसम्म काम गरिँदैन, तबसम्म त्यो कुरा असम्भव नै लाग्छ ।

६. जब कुनै खुशीयाली मनाइन्छ, तब आफू पछि र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउँदछ, तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन् ।

७. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

८. एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

९. शिक्षा सबैभन्दा ठूलो हतियार हो, जसको प्रयोग गरेर विश्वलाई परिवर्तन गर्न सकिन्छ ।

१०. चाहे त्यो कालो जातिबाट भएको होस् वा गोरो जातिबाट, म जातिवादको अत्यन्त घृणा गर्दछु, यो एक बर्बरता हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested