English

‘सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्कियौँ !’



बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्यालले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाएका छन् । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गरेकाका उनले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गरेका थिए ।

उनले विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिएका हुन् । खर्च अभावले विदेशीएका उनले अहिले आफ्नो माटोमा गरेको दुःखले आर्जेको कमाई बचत गर्छन् । चार वर्षअघि कोरियाबाट गाउँ फर्केर प्लाष्टिक घरमा तरकारीखेती गरेका ४८ वर्षीय उनको बारीमा पाँच प्लाष्टिक घर छन् ।

खुला आकाशमुनि, साग, बन्दा, काउली र खुर्सानी फलेका छन् । ‘पोहोरसम्म गोलभेँडाको खेती गरेँ, निकै राम्रो आम्दानी भयो,’ उनले भने, ‘अहिले गाउँका अरु दाजुभाईले पनि प्लाष्टिक घर निर्माण गरेपछि मैले गोलभेँडा उनीहरूलाई छोडेर अरु विकल्प खोजिरहेको छु ।’

स्ट्रबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुई बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु,’ चूडामणिले भने, ‘नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७०० रुपैयाँ पर्दछ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीका लागि कुनै पनि समस्या छैन ।

उनका दुई प्लाष्टिक घरमा अहिले ‘स्ट्रबेरी’ फलेको छ । मलेसियामै रहँदा स्ट्रबेरीका विषयमा जानकारी पा्एका उनले ककनीबाट बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । ‘स्ट्रबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुई बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु,’ उनले भने, ‘नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७०० रुपैयाँ पर्दछ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीका लागि कुनै पनि समस्या छैन ।’

उनले गोलभेँडा पनि प्रतिकिलो ७० देखि १२० रुपियाँ सम्ममा बिक्री गर्थे । अहिले गाउँका अरु किसानले पनि त्यसै गर्छन् । ‘उहाँको सिको गरेर धेरैलाई राम्रो भएको छ,’ स्थानीयवासी युवा ढालेन्द्र छन्त्याल भन्छन्, ‘अहिले त गाउँभरि टनेल छन्, धेरै थोरै सबैले कमाउँछन् ।’

तमानखोला गाउँपालिका, कृषि ज्ञानकेन्द्र र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमले गाउँलेलाई सघाएको छ । १२ लाख रुपियाँ लगानीमा सुरुवात गरेको तरकारी फार्मबाट छन्त्यालले मासिक ३५ हजार रुपियाँ आम्दानी गर्छन् । गाउँमा पुग्ने पाहुना उनकै घरमा बस्छन् । जौ, गहुँ, कोदो र मकै मात्रै फल्ने बारीमा फलाएका तरकारी उनले पाहुनालाई चखाउँछन् र आफ्नो मूल्य लिन्छन् । छन्त्यालको मेहनतको सिको गरेका कटेरी गाउँका स्थानीयले अहिले गाउँ हराभरा बनाएका छन् ।

विदेशको कमाईले उनको काठमाडौँमा घर छ । दुईभाई छोरा युरोप र अष्ट्रेलियाका नाम चलेका कलेजमा पढ्छन् । तर सहरको सुख छोडेर उनी मात्रै होइन उनको परिवार पनि कृषिमा लागेको छ । छोराको पढाइका लागि २२ वर्ष काठमाडौँमा बसेकी उनकी श्रीमती इन्द्रकुमारी अहिले गाउँमै छन् ।

उहाँ चार वर्षअघि आउनुभयो, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ’, इन्द्रकुमारीले भनिन्, ‘हामी सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्किएका हौँ ।

‘उहाँ चार वर्षअघि आउनुभयो, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ’, इन्द्रकुमारीले भनिन्, ‘हामी सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्किएका हौँ ।’ अघिल्लो वर्षसम्म बर्खाका समयमा तमानखोला पुग्ने सडक अवरुद्ध हुँदा कटेरी गाउँको कृषिउपज बर्खामा खेर जान्थ्यो । अहिले भने किसानको बारीसम्मै बाह्रै महिना चल्ने सडक पुगेको छ । पाँच वटा टनेलमा चार वर्षदेखि खेती गरेका छन्त्यालको गाउँमा अहिले ५० टनेल छन् । कटेरी/भयरबोंगा गाउँलाई समेटेर गण्डकी प्रदेश सरकारले नमूना कृषि गाउँ घोषणा गरेको छ ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
मलेसियामा डेढ करोड सिध्याएका नरबहादुरलाई च्याउखेतीले बनायो करोडपति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested