English

रोनाल्डोको गोलमा युनाइटेड शीर्ष चारमा उक्लियो



ब्राइटनविरूद्ध २-० अन्तरको जितसँगै म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । बुधबार बिहान भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजको गोलसँगै १२औं जित निकालेको युनाइटेड शीर्ष चारमा उक्लिएको हो ।

१० खेलाडीमा सिमित ब्राइटनविरूद्ध रोनाल्डोले ५१औं मिनेटमा अग्रता दिलाए । ब्रुनोले ७ मिनेटको इन्जुरी समयमा गोल थप्दै घरेलु मैदानमा सहज जित दिलाए । खेलको ५४औं मिनेटमा लेविस डुन्कले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली ब्राइटन १० खेलाडीमा सीमित रह्यो ।

जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंक सहित चौथो स्थानमा उक्लियो । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ । २५ खेलबाट ६३ अंक बनाएको सहरी प्रतिद्वन्दी म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

सानदार जितसँगै म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक

पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको ५-० अन्तरको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक रहेको छ । बुधबार बिहान भएको पहिलो लेगको नतिजासँगै सिटी प्रि क्वाटर फाइनलमा सहज जिततर्फ उन्मुख भएको छ ।

सिटीको जितमा बर्नाण्डो सिल्भाले दुई तथा रियाद मेहराज, फिल फोडेन र रहिम स्टर्लिङले एक-एक गोल गरे । सुरुआती मिनेटबाटै अट्याकिङ गेम खेलेको सिटीले सातौं मिनेटमै अग्रता बनाएको थियो ।

उसले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेको हो । अब दोस्रो लेग २२ मार्चमा सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।

एम्बाप्पेको गोलसँगै पीएसजीले रियल मड्रिडलाई हरायो

इन्जुरी समयको अन्तिम मिनेटमा केलीयन एम्बाप्पेले गरेको गोलसँगै पेरिस सेन्ड जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसको जितसँगै फ्रेन्च क्लब पीएसजीले भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलविरूद्ध महत्त्वपूर्ण तीन अंक पायो । जितसँगै पीएसजी क्वाटर फाइनल नजिक रह्यो । दोस्रो लेग रियलको घरेलु मैदानमा २२ फेब्रुअरीमा हुनेछ ।

फ्रेन्छ फरवार्ड एम्बाप्पेले ४ मिनेटको इन्जुरी समयमा बैकल्पिक खेलाडी नेयमारको पास सदुपयोग गर्दै गोल गरे । नेयमार गत नोभेम्बर पछि मैदान फर्किएका हुन् ।

खेलको ६२औं मिनेटमा पीएसजीले पेनाल्टी गोलबाट अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रहार रियल गोलरक्षकले रोके ।

यस अघि खेलमा पीएसजीले पोसेसनमा आफ्नो दबदबा कायम राखे पनि फिनिसिङमा चुक्न पुगेको थियो । रियल भने पूरा समय डिफेन्समा ब्यस्त रह्यो ।

यो पनि
कोहलीसँग शतक अपेक्षा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested