English

कोहलीसँग शतक अपेक्षा



भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीको ब्याट नचलेको लामो समय भइसकेको छ । उनले अन्तिम पटक नोभेम्बर २०१९ मा बंगलादेशविरुद्धको पहिलो डे-नाइट टेस्टमा शतक बनाएका थिए ।

त्यसयता उनले शतक बनाउन सकेका छैनन् । अझैं भनौ शतकको खडेरी जारी छ । लगातार उत्कृष्ट प्रदर्शन गर्न चुकेको कारण उनले कप्तानीसमेत त्याग्नु पर्‍यो । अहमदावादमा वेष्ट इण्डिजसँग भएको पछिल्लो वानडे सिरिजमासमेत कोहलीको ब्याट चल्न सकेन ।

उनले तीन खेलमा मात्र २६ रन बनाए । एसियाली क्रिकेटको मक्का भनिने कोलकताको इडेन गार्डेन स्टेडियममा भारतले बुधबारदेखि वेष्ट इण्डिजसँग तीन टी-२० सिरिज खेल्दै छ । यस सिरिजमा भने धेरैले कोहलीको ब्याटबाट शतकको आश राखेका छन् ।

इडेन गार्डेन खराब फर्मसँग लडिरहेका ब्याट्सम्यानका लागि सधैं भाग्यशाली रहने गरेको कारण पनि क्रिकेट पण्डितले कोहलीको ब्याटबाट शतकको आश राखेका हुन् ।

यो मैदानले धेरैलाई आफ्नो हराएको लय पुनः प्राप्त गर्न र आफ्नो करियर लामो बनाउन मद्दत गरेको छ । जसमा स्वदेश तथा विदेशका धेरै ब्याट्सम्यानहरू पर्छन् । भारतका मुहम्मद अजहरुद्दीन र भिभीएस लक्ष्मण र पाकिस्तानका युनुस खान जस्ता धेरै यसको उदाहरण हुन् ।

अजहरुद्दिनले जहिले पनि आफ्नो लय गुमाए । इडेनमा आएपछि मात्र फिर्ता पाए । अजहरुद्दिनले इडेनमा टेष्ट खेलमा पाँच शतक प्रहार गरेका थिए । उनीसँगै लक्ष्मणलाई इडेनले नै टेस्ट क्रिकेटरको रुपमा स्थापित गरेको थियो ।

उनले सन् २००१ मा सोही मैदानमा अस्ट्रेलियाविरुद्ध २८१ रनको अतुलनीय इनिङस् खेलेका थिए । उनले यही मैदानमा पाँच टेस्ट शतक पनि बनाएका थिए । यस्तो अवस्थामा इडेनमा लामो समय लय गुमाएका कोहली पनि लयमा फर्किने संकेत गरेका छन् ।

कोहलीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय शतक पनि यही मैदानमा बनाएका थिए । उनले अन्तिम पटक सन् २०१९ नोभेम्बरमा बंगलादेशविरुद्धको पहिलो डे–नाइट टेस्टमा शतक बनाएका थिए ।

भारत-वेस्ट इन्डिजबीचको तीन खेलको टी-२० सिरिज बुधबारदेखि सुरु हुँदै छ । सबैको नजर खराब लयमा रहेका कोहलीमाथि हुनेछ । टी–२० खेलमा शतक बनाउन सजिलो नभए पनि श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा रोहित शर्मा एक्लैले २६४ रन बनाउन सक्ने मैदानमा यो असम्भव भने छैन ।

कोहली विश्वस्तरका ब्याट्सम्यान भएकोले उनी शतकबाट धेरै टाढा नभएको भारतीय ब्याटिङ प्रशिक्षक विक्रम राठौर बताउँछन् । तर, इडेन अहिलेसम्म अन्तर्राष्ट्रिय टी-२० शतकबाट वञ्चित छ । कोहलीले टेष्टमा दुई र एकदिवसीयमा एक शतक प्रहार गरेका छन् ।

इडेनका क्युरेटर सुजन मुखर्जी इडेन गार्डेन स्टेडियमले खेलाडीको प्रतिभालाई न्याय गरेको बताउँछन् । उनी भन्छन्, ‘ब्याट्सम्यानलाई जति उपयुक्त हुन्छ, बलरका लागि पनि त्यति नै हुन्छ । यस मैदानमा बलरले पनि ब्याट्सम्यानले जस्तै सफलता पाएका छन् ।’

यो पनि
कानुन व्यवसायीबाट फुटबल मालिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का