English

शिव : आदियोगी र आदिगुरु



जब हामी शिव भन्छौँ तब एक निश्चित योगीलाई सम्बोधन गरिरहेका छौँ । जो आदियोगी अर्थात् प्रथम योगी हुन् साथै आदिगुरु अर्थात् प्रथम गुरु समेत हुन् । आज हामीले जुन योग विज्ञानलाई जानेका छौँ, त्यसको जनक वा आधार स्वयं शिव हुन् ।

योग, टाउकोको भरमा उभिने वा जबर्जस्ती श्वास रोक्ने बारेमा होइन । योग यस्तो विज्ञान हो, जसमार्फत हामी यो जीवन मूलतः कसरी सृजना भएको छ अनि यसलाई परम सम्भावनासम्म कसरी लैजान सकिन्छ भनेर जान्न सक्दछौँ ।

योग विज्ञान सबैभन्दा पहिले केदारनाथबाट केही दूरी माथि रहेको कान्तिसरोवर तटमा सञ्चार गरिएको थियो । जहाँ आदियोगीले आफ्ना सात शिष्यहरूमाझ यो भित्री विज्ञानलाई व्यवस्थित रूपमा प्रतिपादन गरेका थिए । यी सात जना शिष्यहरूलाई यस संस्कृतिमा सप्तऋषिको रूपमा चिनिन्छ र पुजिन्छ ।

योग विज्ञान सम्पूर्ण धर्महरूभन्दा पहिल्यै रहेको थियो । मानिसहरूले मानवतालाई विभिन्न चरणहरूमा अपाङ्ग बनाउने युक्तिहरू निकाल्नु अघि नै मनुष्यको चेतनालाई माथि उकास्नको लागि जरूरी रहेका शक्तिशाली साधनहरू जानिएको थियो अनि फैलाइएको थियो ।

जब हामी शिव भन्छौँ तब एक निश्चित योगीलाई सम्बोधन गरिरहेका छौँ । जो आदियोगी अर्थात् प्रथम योगी हुन् साथै आदिगुरु अर्थात् प्रथम गुरु समेत हुन् । आज हामीले जुन योग विज्ञानलाई जानेका छौँ, त्यसको जनक वा आधार स्वयं शिव हुन् ।

शिव : अन्धकार !

शिवलाई ‘अस्तित्वहीन’ भनिन्छ- अस्तित्व होइन । शिवलाई प्रकाशको रूपमा नभई अन्धकारको रूपमा बयान गरिन्छ । मानिसहरू प्रकाशको गुणगान गाउँछन् । किनकि उनीहरूको आँखाले उज्यालोमा मात्रै काम गर्दछ । तर, अन्धकार सदैव रहिरहेको छ ।

प्रकाशको अस्तित्व सीमित छ भनेर कुन सन्दर्भमा भनिएको हो भने प्रकाशको स्रोत जेसुकै भएपनि चाहे बिजुली बल्ब होस् वा सूर्य अन्ततः यसले उज्यालो छर्ने क्षमता गुमाउने छ ।

प्रकाश शाश्वत (कहिल्यै नाश नहुने) हुँदैन । यो सदैव सीमित सम्भावना हो, किनकि यसको सुरु र अन्त्य हुन्छ । उज्यालोको दाँजोमा अन्धकार निकै विशाल सम्भावना हो ।

किनकि, अन्धकारको लागि कुनै पनि चिज जल्नुपर्दैन । यो सधैँ रहिरहन्छ- अन्धकार शाश्वत हो । अन्धकार जताततै हुन्छ । अन्धकार मात्र त्यस्तो हो, जुन सर्वत्र व्याप्त छ ।

तर, यदि मैले ‘दिव्य अन्धकार’ भनेँ भने, मानिसहरू मलाई राक्षसको उपासक वा यस्तै अरू केही ठान्छन् । खासमा भन्नुपर्दा पश्चिमका केही स्थानहरूमा यो प्रचार गरिएको छ कि शिव राक्षस हुन् !

तर, यदि तपाईं यसलाई एउटा परिकल्पनाको रूपमा हेर्नुहुन्छ भने सृष्टि र यसको सृजनाको समग्र प्रकियाको बारेमा पूरै विश्वमा योभन्दा स्पष्ट र बुद्धिमानी परिकल्पना अर्को छैन ।

शिव शब्दको प्रयोग नगरिकनै मैले विश्वका विभिन्न वैज्ञानिकहरूसँग यस विषयमा कुरा गरिरहेको छु । उनीहरू जिल्ल पर्छन् । “ए त्यस्तो पो हो ? यो पहिल्यै थाहा थियो ? कहिले ?” हामीले यो कुरालाई हजारौँ वर्षदेखि जानेका छौँ ।

लगभग सबैजसो सामान्य किसानलाई अनजानमै यसको बारेमा थाहा छ । यसको पछाडि रहेको विज्ञान थाहा नभइकनै उनीहरू यसबारे कुरा गर्छन् । सदगुरुको प्रवचन

यो पनि
जीवन ठाउँ छोडेर होइन, खराब बानी छोडेर सुधार हुन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार