English

रामकृष्णको ‘तिम्ले बोल्ने बोली’ मा आकाश र खुश्बुको ठुम्का



गायक रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’ बोलको गीत सार्वजनिक भएको छ । आज (आइतबार) राजधानीमा एक कार्यक्रमबीच रामकृष्ण ढकाल युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दीपक शर्माको शब्द तथा नेत्र कोइरालाको संगीत रहेको गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् । ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

यस्तै, गीतको भिडियोमा अभिनेता आकाश अधिकारी र मोडल खुश्बु खड्काको मुख्य अभिनय रहेको छ । भिडियोलाई निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर र सरिता कठायत असिस्टेन्ट डाइरेक्टरको रुपमा छन् ।

गायक ढकाल र खुशी गुरुङको निर्माण रहेको भिडियोलाई राइज मिडिया नेटवर्कले पोस्ट प्रोडक्सन गरेको हो । भिडियो सार्वजनिक कार्यक्रममा गायक ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए ।

भिडियोका मोडल श्रेष्ठले ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । उनले भने– ‘म रामकृष्ण दाईको बच्चैदेखि ठूलो फ्यान हुँ । उहाँसँग काम गर्न जसलाई पनि इच्छा हुन्छ र मलाई पनि थियो । यो गीतले मेरो त्यो इच्छा पूरा गरेकोमा एकदमै खुसी छु ।’ ‘तिम्ले बोल्ने बोली’ गीत दर्शकलाई मन पर्नेमा उनी आशावादी देखिए ।

त्यस्तै, गीतकी मोडल खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडियोभन्दा यसपटक केही फरक गर्न खोजेको बताए । उनले भिडियोलाई ‘भ्यालेनटाइन डे’ सँग जोड्ने गरी तयार गरेका छन् । भिडियोमा आकाश र खुश्बुको केमेस्ट्री मिलेको देखिन्छ ।

कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, डिजे राजु, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो ।

भिडियो:



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested