English

विश्व इतिहासका मुख्य तीन घटना



आज सन् २०२२ को ९ फेब्रुअरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :

आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य

सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुअरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फी रुपमा युद्ध विराम भंग गरेको हो । लन्डनको क्यानरी हर्वाफमा गराइएको सो बिस्फोटमा दुई जनाको मृत्यु र ३९ जना घाइते भएका थिए ।

बोइङ ७४७ को पहिलो उडान

सन् १९६९ मा बोइङ ७४७ ले पहिलो उडान सुरु गरेको थियो । सो जम्बो जेट त्यति बेला विश्वकै सबैभन्दा ठूलो यात्रु विमान थियो ।

सोभियत युनियनको पहिलो अन्तरमहादेशीय व्यालिस्टक मिसाईल (आइबीएम)

सन् १९५९ मा सोभियत युनियनले विश्वकै पहिलो अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल सञ्चालनमा ल्याएको थियो । सोभियत आर-७ सेमयोर्का मिसाइल ८८ सय किलोमिटरको दूरीमा प्रहार भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो