होलिका : को हुन् र कस्ती थिइन् ?

होलिकाको मनोविज्ञान कस्तो थियो ?


फाल्गुण शुक्ल पूर्णिमामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले मनाउने यो पर्व यस पटक चैत १५ गते आईतवार हिमाल, पहाडमा र सोमवार तराईमा मनाईंदै छ । ऋतुराज वसन्तसँग जोडिएको होली आपसी मेलमिलाप र सद्भावनाको रूपमा मनाउने गरिन्छ ।
होली भन्ने बित्तिकै हाम्रो मानसपटलमा होलिका भन्ने नाम आउँछ । तर त्यो कसको नाम हो ? भन्ने कुरा हामीलाई थाहा नहुन पनि सक्छ, आखिर को हुन् होलिका ?

को थिइन् होलिका ?

होलिका हिरण्यकश्यपकी बहिनी हुन् । उनले आगोसँग आफू नडढ्ने वरदान पाएकी थिइन्, तर वरदान तबसम्म उनलाई काम लाग्थ्यो, जबसम्म उनी सत्यको विरुद्ध लाग्दिन थिन् । जब सत्यको विरुद्ध उनी लाग्न थालिन्, तब उनको सिद्धी, साधनाहरू समाप्त भए । र, भदालाई जलाउने भनेर आगोमा बस्दा आफैँ जलेर नष्ट हुन पुगिन् । यसको मतलव के हो भने, तपस्याबाट, साधनाबाट वा अरु कुनै लौकिक उपायबाट जो बल प्राप्त गर्दछ, जो धनको बल होस्, अथवा हाम्रो शरीरको बल होस् वा कुनै साधनाको बल होस्, यो सबै बलहरू जबसम्म सत्यको अनुकुल हुन्छ, तबसम्म त्यो काम लाग्छ । सत्यको प्रतिकुल अवस्थामा गएमा ती सबै ब्यर्थ हुन्छन् भन्ने उपदेश दिन्छ यसले ।

होली र होलिकामा के फरक ?

होलीबाटै होलिका शब्द बनेको छ, जस्तै बालबाट बालक बन्छ । होली पुलिङ्गमा भयो भने होलिका स्त्रीलिङ्गमा बनेको शब्द हो । होली र होलिका एउटै शब्द नै हो । तर, अहिले होलिका व्यक्तिको अर्थमा प्रसिद्ध भयो भने होली पर्वको रूपमा । होली र होलिकाको मूल शब्द एउटै हो, यसमा दुई अर्थ छैन ।

त्यसैले होलिका पनि त्यही संस्कारकी थिइन् ।सत्यलाई हराउँछु भन्दै असत्यको पथमा चल्छ भन्ने कुरा देखाउनका लागि होलिकाको प्रसंग आयो ।

कस्ती थिइन् होलिका ?

होलिका व्यक्ति एक असुर परम्परा, खानदानमा जन्मिएकाले उनको जन्मजात र संस्कार आसुरी संस्कार हुने नै भयो । उनले आफ्नो कर्तव्यको रूपमा नै आफ्नो ऐश्वर्यको प्राप्तीको लागि अरुलाई दबाउन खोज्ने थियो ।

म खाउँ मै लाउँ सुखसयल वा मोज म गरुँ ।
मै बाँचु, मै नाँचु अरु सब मरुन् दुर्बलहरू ।।

भन्ने जो एउटा लेखनाथ पौड्यालले भन्नुभएको एउटा चिन्तन छ, त्यस्तो खाले चिन्तन उनमा थियो, जसलाई राजर्षी प्रवृत्ति पनि भनिन्छ । यो असुरहरूको जन्मजातको संस्कार र स्वभाव हो । त्यो स्वभाव भित्रै उनी हुर्किएकी हुन् ।

व्यक्तिगत रूपमा होलिकाको चिन्तन मनन कस्तो थियो, उनको मनोविज्ञान कस्तो थियो ? त्यो छुट्टै कुरा भयो । तर, उनको संस्कारगत चिन्तन के थियो भने, मेरो र मेरो दाजुभाईहरूको, मेरो आफ्नो प्रगति होस्, फलोस्, फुलोस्, अरु चाँहि दबिऊन् भन्ने किसिमको थियो । त्यो हिरण्यकश्यपको चिन्तनमा पनि पाइन्छ । किनभने उसले स्वर्गका देवताहरूको सम्पत्ति अपहरण गरेको कुराहरू छन् । त्यसैले होलिका पनि त्यही संस्कारकी थिइन् । सत्यलाई हराउँछु भन्दै असत्यको पथमा चल्छ भन्ने कुरा देखाउनका लागि होलिकाको प्रसंग आयो ।

उनले आगोसँग आफू नडढ्ने वरदान पाएकी थिइन्, तर वरदान तबसम्म उनलाई काम लाग्थ्यो, जबसम्म उनी सत्यको विरुद्ध लाग्दिन थिन् ।

हरेक कथाहरूको तीनवटा पाटाहरू हुन्छन् । आध्यात्मिक, आदिदैविक र आदिभौतिक । आदिभौतिक रूपमा यिनीहरू भौतिक रूपमा, कुनै वस्तुको रूपमा अथवा कुनै शरीरधारी व्यक्तिको रूपमा जन्मिए । जन्मिएपछि उनीहरूको इतिहास के थियो ? कति दिन बाँचे ? यो कुराहरू एउटा पाटो भयो । हामी पौराणिक आख्यानका सबै कुराहरूको भौतिक पाटोबाट मात्रै हेर्दैनौँ, आध्यात्मिक रूपमा हेर्दा हामीभित्र रहेको अविद्या, अज्ञान, अहंकारको प्रवृत्ति हो, त्यो अहंकारको प्रवृत्तिले पक्कैपनि सत्यमाथि हाबी हुन खोज्छ । सत्यमाथि हाबी हुँदै गर्दा केही दिन उसको जयजयकार, केही दिन उसको उन्नति र प्रगति हुन्छ, तर त्यो सधैँ टिक्दैन ।

प्रह्लादलाई पहाडको टाकुराबाट खसाले, सर्पको हुलमा लगेर हाले, विषपान गराए, हात्तीलाई कुल्चिन लगाए ।

हामी मानवीय प्रवृत्ति भित्रको चित्रण गरेको पुराणका कथाहरूले धेरैजसो उपदेश दिने क्रममा हाम्रो मानवीय प्रवृत्तिको चित्रण गरिरहेको हुन्छ । त्यसैले, यसलाई विचार गर्दा हामीभित्र रहेको एउटा अहंकार प्रवृत्ति होलिका हो, त्यो सत्यविरुद्ध प्रकट भएपछि नष्ट भयो । किनभने जहाँ पनि सत्यकै विजय हुन्छ भन्ने आध्यात्मिक चिन्तनलाई पनि यसले अभिव्यक्त गर्दछ ।

आफ्नै भतिजलाई किन जलाउन तम्सिइन् होलिका ?

प्रह्लाद हिरण्यकश्यपका छोरा हुन् । उनी विष्णु भगवानका भक्त थिए । त्यसैले उनलाई पहिल्यैदेखि मार्न लागिएको थियो । प्रह्लादले भगवान विष्णु मेरो इष्टदेव हो भने, त्यसपछि त्रिलोकको विजेता म नै हो, म नै सर्वशक्तिमान हुँ भन्ने घमण्ड हिरण्यकश्यपमा पर्यो । उसले आफूबाहेक अर्को अस्तित्व स्विकारेको थिएन । त्यसपछि हिरण्यकश्यपले छोराले शत्रुको भजन गर्यो, त्यसैले छोरै भएपनि मलाई चाहिँदैन भनेर मार्ने प्रयास गरेको थियो । प्रह्लादलाई पहाडको टाकुराबाट खसाले, सर्पको हुलमा लगेर हाले, विषपान गराए, हात्तीलाई कुल्चिन लगाए । केही सिप नलागेपछि होलिकाको सहयोगमा मार्ने प्रयत्न गरियो तर त्यो पनि सफल बन्न सकेन । होलिका आगोमा आफैँ जलिन् र प्रह्लाद बाँचे ।

( महेश संस्कृत गुरुकुलका प्राचार्य डाक्टर गुरुप्रसाद सुवेदीसँग गरिएको कुराकानीको आधारमा)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली सिने क्षेत्रको होस् या सांगीतिक क्षेत्रका कलाकारबीचको द्धन्द्धका खबर बेला–बेला आउँछन् । तर, देशलाई दुखेको बेला सहयोग गर्नेमा यिनै

नेपालको कुल क्षेत्रफल मध्ये १.७३ प्रतिशत भू-भाग ओगटेको सिन्धुपाल्चोक बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा ठूलो हो । पछिल्लो ७

नेपालमा गत २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा