English

होलीमा भाङ खाएर शिवजीलाई दोष दिएको मनपर्दैन



अभिनेता दीपकराज गिरी होलीमा खुलेर रम्छन् । तर, यसपाली भने कोरोना महामारीका कारण होली खेल्ने उनको योजना भंग भएको छ । विगतका होली अनुभव र होलीका विविध विषयमा केन्द्रीत रहेर उनीसँग गरिएको कुराकानी ।

होली कत्तिको लागेको छ ?

केही दिनअघिसम्म होली खेल्ने योजना बनाइएको थियो । तर, सरकारले भीडभाड नगर्नु, होली नखेल्नु भनेकाले होली खेल्ने योजना भंग भयो ।

उसो भए आजको दिन कसरी बिताउने सोचमा हुनुहुन्छ ?

घरमै सामान्य तरिकाले बित्छ । अलि–अलि गालामा रङ चाहिँ लगाएको छु । परिवारसँगै रमाइलो गर्छु ।

तपाईंको विचारमा होली कसको चाड हो ?

होली परम्परागत चाड हो । यो सबैको चाड हो । होली रङहरु पर्व पनि भएकाले वर्षदिनमा एकपटक छालामा रङ लगाउँदा राम्रो हुन्छ भन्ने सुनेको छु । यसको वैज्ञानिक कारण पनि होलान् ।

तपाईंले होली मनाउन थालेको कति भयो ?

बच्चैबेलादेखि होली खेल्थें ।

कसरी मनाउनु हुन्छ ?

पहिला–पहिला बेलुनमा पानी भरेर स्कुल कलेजका केटीहरुलाई लोला हान्थे । जब यो काम नराम्रो हो भन्ने लाग्यो त्यसपछि पानीमात्र छ्याप्न थालें । त्यो पनि नराम्रो हो भन्ने लागेपछि एकआपसमा रङ दलेर मनाउन थालियो । जे होस् एकदिन कलरफूल हुँदा रमाइलो लाग्छ ।

काठमाडौंमा पहिला र अहिलेको होलीमा कस्तो भिन्नता पाउनुहुन्छ ?

तुलनात्मक रुपमा अहिले होली सभ्य भएको छ । पहिला होली आउनुभन्दा एकदुई हप्ता अघिदेखि नै तडकभडक हुन्थ्यो । लोला हान्ने, घरको छतबाट फोहोर पानीले प्रहार गर्ने जस्ता कार्यहरु हुन्थे । तर, केही वर्षयता होली सभ्य बनेको छ । यद्यपि भाङ र मदिरा बढी चल्ती बढी हुन थालेको देखिन्छ । यसले होली पर्व माथि विकृती ल्याइरहेको छ जस्तो लाग्छ ।

को–को सँग होली खेल्दा रमाइलो लाग्छ ?

चिनजानका मान्छेहहरुसँग होली खेल्न रमाइलो लाग्छ । विशेषगरी भन्नुपर्दा कान्तिपुर एफएममा होली अविस्मरणीय हुन्छ । त्यसपछि हाम्रो टीम र परिवारसँग होली खेल्दाको रमाइलोको त कुरै नगरौं ।

होलीको सकारात्मक र नकारात्मक पक्ष के-के हुन् ?

यो एउटा कलरफूल चाड हो । यो बेला सबै साथीभाई भेट भएर रमाइलो गरिने भएकाले भाइचारा कायम गर्छ । तर, होलीमा लोला हान्ने, जथाभावी रंगको प्रयोग गर्ने अनि भाङ खाएर शिवजीलाई दोष दिएको मनपर्दैन ।

अविस्मरणीय होली सम्झनुस् न ?

अहिलेसम्मका होली सबै अविस्मरणीय नै छन् । तर, एकवर्ष स्कूल पढ्ने साथीले मेरो गाला समातेर कालो रङ दाँतभरी दलिदिएको थियो । एकमहिनासम्म दाँत कालै भएको थियो । त्यो होली सधैं सम्झन्छु ।

तपाईंको विचारमा होली र भाङको सम्बन्ध के छ ?

मेलम्ची र घरको बत्तीको लाइन जस्तै हो । भन्नुको मतलब केही पनि सम्बन्ध छैन ।

तपाईंले होलीमा भाङ खानुभएको छ कि छैन ?

अहिलेसम्म खाएको छैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested