English

गिट्टी बिक्री नहुँदा मुक्त हलियालाई समस्या



बाजुराको बुढीनन्दा नगरपालिका-६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन्। सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष बिते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवनस्तर झन् नाजुक बन्दै गएको छ।

सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा ढुङ्गा फटाएर पेट पाल्दै आएको हलियाको गुनासो छ। स्थानीय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउँने सेवासुविधासमेत नपाएको मुक्त हलिया समुदायले बताएका छन्।

बुढीनन्दा नगरपालिका-६ दैया घर भएकी खड्के विककी आमा शारीरिक अपाङ्ग छिन्। आमा-बुवालगायत १४ जना परिवार पाल्न खड्के विकलाई निकै समस्या छ। थोरै जमिन थियो, त्यही जमिनसमेत बड्डीगाड खोलाले बगाएर लगेपछि अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको विकले बताए।

स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट बञ्चित हुँदै आएको उनको गुनासो छ। हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताए। परिवारको पेट पाल्नका लागि बड्डीगाड खोलामा दिनभरी ढुङ्गा फुटाउने र त्यही बेचेर परिवार पाल्दै आएको विकले बताए।

गाउँमा रोजगारी नपाएपछि श्रीमानलाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोखिन्। ‘कोरोनाको यस्तो हालत छ, श्रीमान भारतमा छन्। के कस्तो छ, फोन समेत गर्न पाएको छैन,’ उनले भनिन्, ‘श्रीमानले अलिकति पैसा कमाएर ल्याएपछि उधारो ल्याएको दाल चामलको पैसा तिर्नहुन्थयो।’

आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उनले बताइन्। ‘पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका अर्की पीडित जनकला विकले बताइन्।

उनीहरू मात्र हैन दैयाका हलियाहरू दिनभरी कामको लागि विभिन्न ठाउँमा भौँतारी रहेका हुन्छन्। तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले बताइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

सन्जिव दुलालकाठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक

Latest










Popular
Suggested