English

गिट्टी बिक्री नहुँदा मुक्त हलियालाई समस्या



बाजुराको बुढीनन्दा नगरपालिका-६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन्। सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष बिते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवनस्तर झन् नाजुक बन्दै गएको छ।

सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा ढुङ्गा फटाएर पेट पाल्दै आएको हलियाको गुनासो छ। स्थानीय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउँने सेवासुविधासमेत नपाएको मुक्त हलिया समुदायले बताएका छन्।

बुढीनन्दा नगरपालिका-६ दैया घर भएकी खड्के विककी आमा शारीरिक अपाङ्ग छिन्। आमा-बुवालगायत १४ जना परिवार पाल्न खड्के विकलाई निकै समस्या छ। थोरै जमिन थियो, त्यही जमिनसमेत बड्डीगाड खोलाले बगाएर लगेपछि अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको विकले बताए।

स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट बञ्चित हुँदै आएको उनको गुनासो छ। हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताए। परिवारको पेट पाल्नका लागि बड्डीगाड खोलामा दिनभरी ढुङ्गा फुटाउने र त्यही बेचेर परिवार पाल्दै आएको विकले बताए।

गाउँमा रोजगारी नपाएपछि श्रीमानलाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोखिन्। ‘कोरोनाको यस्तो हालत छ, श्रीमान भारतमा छन्। के कस्तो छ, फोन समेत गर्न पाएको छैन,’ उनले भनिन्, ‘श्रीमानले अलिकति पैसा कमाएर ल्याएपछि उधारो ल्याएको दाल चामलको पैसा तिर्नहुन्थयो।’

आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उनले बताइन्। ‘पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका अर्की पीडित जनकला विकले बताइन्।

उनीहरू मात्र हैन दैयाका हलियाहरू दिनभरी कामको लागि विभिन्न ठाउँमा भौँतारी रहेका हुन्छन्। तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले बताइन्।



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Popular
Suggested