English

होलीको अवसरमा महामूर्ख उपाधि पाउँदा दंगदास



चन्द्रकिशोर ।

तपाईंलाई कसैले कुनै प्रसंगमा मूर्ख भन्यो भने कस्तो प्रतिक्रिया दिनुहुन्छ ? प्रतिक्रिया दिन नसकेतापनि तपाईंको रिसको पारो चाहिँ पक्कै पनि ह्वात्तै बढ्छ ।

तर, हाम्रै देशको तराईमा हरेक वर्ष एउटा यस्तो दिन आउँछ जहाँ मूर्ख घोषित हुन समाजमा नाम कमाएका वा वरिष्ठ कहलिएकाहरू नै तँछाड मछाड गर्छन् ।

प्रसंग हो, होलीको । जहाँ महामूर्ख सम्मेलन हुन्छ र मूर्ख उपाधि पाउन जो कोही लालयित हुन्छन् । मूर्ख वा महामूर्खको उपाधि धारण गरेर उनीहरू ठूलै तक्मा भेटेको सम्झन्छन् ।

मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको अवसरमा प्रत्येक वर्ष महामूर्ख सम्मलेनको आयोजना गर्दै आएको छ । यसमा होरी गायन प्रतियोगिता पनि हुन्छ । महामूर्ख सम्मेलनले जनकपुरधाममा निकै उचाइ पाएको छ । यसको प्रारम्भ भने वीरगञ्जबाट भएको थियो ।

मैथिली साहित्य परिषद वीरगञ्जले २०५० सालमा पहिलोपटक महामूर्ख सम्मेलनको आयोजना गरेको थियो । महामूर्ख सम्मेलनको परिकल्पना मैले गरेको थिएँ ।

होली उल्लासको चाड हो । यो चाडमा कसैलाई सामान्य ख्यालठट्टा गर्दा पनि पच्छ । खासगरी काठमाडौं उपत्यकामा गाईजात्राको अवसरमा हाँस्यव्यंग्यका कार्यक्रम भईरहँदा तराई क्षेत्रमा होलीको अवसरमा त्यस्तो कार्यक्रम गर्न सकिन्छ भन्ने लागेर महामूर्ख सम्मेलन सुरु गरियो ।

होली उल्लासको चाड हो । यो चाडमा कसैलाई सामान्य ख्यालठट्टा गर्दा पनि पच्छ । खासगरी काठमाडौं उपत्यकामा गाईजात्राको अवसरमा हाँस्यव्यंग्यका कार्यक्रम भईरहँदा तराई क्षेत्रमा होलीको अवसरमा त्यस्तो कार्यक्रम गर्न सकिन्छ भन्ने लागेर महामूर्ख सम्मेलन सुरु गरियो ।

महामूर्ख सम्मेलनका लागि लाला माधवेन्द्रजीको ठूलो साथ रह्यो । महामूर्ख उपाधिले विभुषित हुन कोही नमानेपछि पहिलो पटक महामूर्ख उपाधि लाला माधवेन्द्रजी आफै भए । अरु वर्ष पनि कोही नमानेपछि लाला माधवेन्द्रजीले लगातार तीन वर्ष महामूर्ख उपाधि पाई ह्याट्रिक गरे । पछि कार्यक्रमको ओज बढ्दै गयो । अब त जसको पोल्टामा महामूर्ख उपाधि, उही नायकझैं भएको छ ।

वीरगञ्जमा करिब सात बर्ष महामूर्ख सम्मेलन गरियो । तर आयोजक संस्था मैथिली साहित्य परिषद सेलाउँदै गएपछि मिनापले महामूर्ख सम्मेलन जनकपुरधाममा मनाउन थाल्यो । होलीको अवसरमा गरिने यो कार्यक्रममा करिब दर्जन जति विशिष्ट व्यक्तिको सूची तयार पारिन्छ । त्यसैमध्येबाट छनौट गरिन्छ महामूर्ख उपाधि । गत वर्ष जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई महामूर्ख उपाधि दिइएको थियो ।

समाजका विभिन्न कुरितिहरुमाथि व्यङ्ग्य गरिन्छ, महामूर्ख सम्मेलनमा । परम्परा बसेपछि अब त महामूर्खको उपाधि पाउने लालसा सर्वसाधारणदेखि नेता, मन्त्रीसम्मलाई हुन्छ ।

समाजका विभिन्न कुरितिहरुमाथि व्यङ्ग्य गरिन्छ, महामूर्ख सम्मेलनमा । परम्परा बसेपछि अब त महामूर्खको उपाधि पाउने लालसा सर्वसाधारणदेखि नेता, मन्त्रीसम्मलाई हुन्छ ।

मलाई लाग्छ, २०६१ सालबाट जनकपुरमा महामूर्ख सम्मेलन सुरु भएको थियो । महामूर्ख सम्मेलनको जग कति बलियो भइसक्यो भने गत वर्ष कोरोना महामारीको बेलासमेत सामाजिक दूरी कायम गरेर सम्मेलन गरियो । जनकपुरमा मात्र होइन, अब सप्तरी, सिरहा, रौतहट लगायत जिल्लामा समेत होलीमा महामूर्ख सम्मेलनकै जस्तो प्रकृतिका कार्यक्रम हुन थालेका छन् ।

खुशी लाग्छ, होलीमा मैले परिकल्पना गरेको कार्यक्रम मधेशको एउटा परम्परा भईसक्यो । इटहरीका सुविद गुरागाईं लगायत केही मित्रहरूले होलीकै अवसरमा विभिन्न लेखकहरूलाई थरीथरीका उपाधि दिएर अर्को परम्परा सुरु गर्नु भएको छ । होलीका नराम्रा परम्परा छाडौं, महामूर्ख सम्मेलन जस्तो सिर्जनात्मक कार्यक्रमलाई अघि बढाऔं भन्ने होलीको अवसरमा मेरो सन्देश छ ।

(राजनीतिक विश्लेषक चन्द्रकिशोरसंग कुराकानीमा आधारित ।)



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested