English

पुन: लकडाउनको त्रास



नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। कोरोना संक्रमित थपिएसँगै सरकारले पुनः लकडाउन गर्ला कि भन्ने चिन्ता सर्वसाधारण्मा छ।

हप्ता दिनयता नेपालमा कोरोना संक्रमितको संख्या डरलाग्दो रूपले उकालो लागेको छ। गत मंगलबार २२ हजार ८२८ जनाको नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी बुधबार ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबार २३ हजार ४०९ नमुना परीक्षण गरिएको थियो।

बिहीबार २७ हजार ४९७ जनाको नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो। शुक्रबार देशभर १० हजार ७०३ जना संक्रमित भएका थिए। यसैगरी शनिबार २० हजार १८७ जनाको नमुना परीक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आइतबार ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी सोमबार १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको थियो। आज मंगलबार (११ माघ) गते १२ हजार ८ जना संक्रमित भए। यसरी हेर्दा सरकारले कोरोना परीक्षणको दायरा बढाउने हो भने संक्रमित अझै बढ्छन्।

काठमाडौंको बानेश्वरमा किराना पसल गरेर चार जनाको परिवार पालिरहेका हरिश्चन्द्र घिमिरेलाई देशमा फेरि लकडाउन होला कि भन्ने चिन्ता छ। उनी भन्छन्, ‘यसअघि सरकारले ६ महिनासम्म लकडाउन गर्दा कमाइ भएन। अलिकति भएको पैसा पनि भाडा तिरेर सकियो। पसल बन्द गरेर बस्नु पर्दा व्यापार ठप्प भएर आयस्रोत बन्द भयो। पसलभाडा मात्र करिब ३ लाख नाघेको थियो। अहिले पनि खासै व्यापार भएको छैन।’

सरकारले कोरोना परीक्षणको दायरा बढाउने हो भने संक्रमित अझै बढ्छन्।

अब फेरि लकडाउन भए दैनिकी धान्नै मुश्किल पर्ने उनको भनाइ छ। गत वर्षको १० चैत्र ०७६ मा सुरु भएको ६ महिने लामो लकडाउनले धेरैको जीवनलाई नराम्रोसँग प्रभावित तुल्यायो। सबैतिर कहाली लाग्दो अवस्था देखिएको थियो। काठमाडौं उपत्यकामा सामान्य व्यवसाय गर्दै जीवनयापन गरिरहेका व्यक्तिले दुःखद् अवस्थाको सामाना गर्नुपरेको थियो। लकडाउन भए त्यो अवस्था दोहोरिन्छ।

काठमाडौंकी सुष्मा भण्डारीलाई पनि सरकारले पुनः लकडाउन गर्ने होकी भन्ने शंका छ। तरकारी पसल गरेर छोराछोरी पढाउँदै आएकी उनी लकडाउन नै कोरोना नियन्त्रणको उपाय नभएको तर्क गर्छिन्। उनी भन्छिन्, ‘कोरोना संक्रमण बढ्यो भन्छन्। मलाई त फेरि लकडान हुन्छ कि भन्ने शंका छ। लकडाउन भयो भने मैले कसरी छोराछोरी पढाउने? हामीलाई गाह्रो हुन्छ। खाली पेटले रोगसोग नभन्ने रहेछ। क्यारी बाँच्ने। लकडाउन नै सबथोक होइन। लकडाउन गर्ने नै भए सरकारले हामीलाई राहत दिनुपर्छ।’

छिमेकी राष्ट्र भारतमा पनि दिनदिनै कोरोना संक्रमित थपिने क्रम जारी छ। कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै भारतका कतिपय राज्य ‘हटस्पट’ बनेका छन्। मध्यप्रदेशका केही सहरमा भने बुधबारदेखि नै लकडाउनको अनुभूति हुने गरी कडाइ गरिएको छ। भारतमा लकडाउनको स्थिति सिर्जना भएसँगै धेरैको मनमा नेपालमापनि लकडाउन हुन सक्ने भय उत्पन्न भएको छ।

जनस्वास्थ्यविद्हरू नेपालमा कोरोना संक्रमण बढिरहेको बेला धेरैमा पुनःलकडाउन हुन सक्ने आशंका पैदा भएको बताउँछन्।

भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपालमा पनि जोखिम बढेको छ। नेपाल-भारत खुल्ला सीमानाकाबाट नेपालीहरू स्वदेश फर्किरहेका छन्। सीमामा चेकजाँच फितलो रहेको जनगुनासो पनि सुनिँदै आएको छ। काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूले केही दिनअघि निर्णय गरेर २५ जनाभ्नदा बढी भेला हुन नपाइने र सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु गर्नुपर्ने नियम लगाइसकेका छन्।

जनस्वास्थ्यविद्हरू नेपालमा कोरोना संक्रमण बढिरहेको बेला धेरैमा पुनःलकडाउन हुन सक्ने आशंका पैदा भएको बताउँछन्। लकडाउनको वातावरण सिर्जना हुन नदिन कडाइको साथ जनस्वास्थ्यका मापदण्ड अपनाउन जरुरी रहेको उनीहरूको भनाइ छ। जनस्वास्थ्यविद् रविन्द्र पाण्डे सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘लामो समय लकडाउन गरियो भने सर्वसाधारणलगायत पुरै राज्यलाई आर्थिक भारपर्छ। कोरोना संक्रमण नियन्त्रणको विकल्प लकडाउन होइन।

सरकार र आमसर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्न जरुरी रहेको पाण्डेले बताए। पहिलो र दोस्रो चरणमा सरकारले तर्फबाट भएका कमीकमजोरीलाई मध्यनजर गरेर सरकारले बाटो पहिल्याउनु पर्ने उनी सुझाव दिन्छ्न्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,