English

संघ र प्रदेशमा योजना माग गर्ने सत्ता गठबन्धनको निर्णय



खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सत्ता गठबन्धनले संघीय र प्रदेश सरकार समक्ष विकासे योजना माग गर्ने निर्णय गरेको छ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको याङसोलाटारमा बसेको बैठकले गाउँपालिकामा भएका भौतिक विकासको समग्र विषय अध्यन गर्ने गर्दै संघीय सरकार र प्रदेश सरकार समक्ष विभिन्न योजना माग गर्ने निर्णय गरेको हो।

बैठकले सडक, खानेपानी, सिँचाई, पर्यटन, सहरीकरण, खेलमैदान लगायतका योजना माग गर्ने निर्णय गरेको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले जानकारी दिए।

कांग्रेस पालिका सभापति गिरीको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका पालिका कमिटि अध्यक्ष राजेन्द्र राई, नेकपा एकीकृत समाजबादीका पालिका कमिटि अध्यक्ष शेरबहादुर थापा, जनता समाजबादी पार्टीका पालिका अध्यक्ष पृर्थिकुमार राई लगायतको उपस्थिति रहेको थियो।

बैठकमा कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष नरेशराज राई, जिल्ला सदस्य ओमिराज राई, पेशल गुरागाई, पालिका उपसभापति भिमबहादुर राउत, नेकपा माओवादी केन्द्रका पालिका कमिटि उपाध्यक्ष किशान राई, सचिव दिपक पौडेल लगायत आमन्त्रित थिए। आगामी बैठक चक्रिया प्रणालीमा सञ्चालन हुने सत्ता साझेदार दलले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती