English

इतिहास : ८ लाख जनाको मृत्यु भएको त्यो भूकम्प



आज २३जनवरी। विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। केही मुख्य घटना यस्ता छन्:

इजरायलद्वारा जेरुसेलमलाई आफ्नो राजधानी घोषणा

जेरुसेलमा पश्चिम एसियाको एउटा महत्त्वपूर्ण सहर हो। सन् १९५० को २३ जनवरी अर्थात आजकै दिन इजरायलले जेरुसेलममाथि दाबी गरेको थियो। अन्तर्राष्ट्रिय विरोधबाबजुद इजरायली संसद केनसेटले विभाजित जेरुसेलमलाई देशको राजधानी घोषणा गर्ने प्रस्ताव पेस गरेको थियो।

८ लाख जनाको मृत्यु भएको त्यो भूकम्प

आजकै दिन विश्वमै डरलाग्दो भूकम्प गएको थियो। सन् १५५६ को २३ जनवरीमा चीनमा गएको भूकम्प इतिहासमा रेकर्ड भएकामध्ये अहिलेसम्मकै विध्वशकारी थियो। सान्छी प्रान्तको वीइ रिभर भ्यालीमा केन्द्र बिन्दु रहेको सो भूकम्पका कारण आठ लाख ३० हजार जनाको ज्यान गएको थियो।

सुभाष चन्द्र बोसको जन्म

सन् १८९७ को २३ जनवरीमा भारतका राष्ट्रवादी नेता सुभाष चन्द्र बोसको जन्म भएको थियो। उनको निर्दोष देशभक्तिका कारण उनी भारतमा हिरो बनेका थिए। दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनी र सम्राज्यवादी जापानको सहयोगमा भारतलाई ब्रिटिश शासनबाट स्वतन्त्र गर्ने प्रयास गरेका थिए।

अमेरिकाको पहिलो महिला विदेश मन्त्री
सन् १९९७ मा अमेरिकाले पहिलो महिला विदेश पाएको थियो। तत्कालिन राष्ट्रपति विल क्लिन्टनले म्याडलिन अलब्राइटलाई विदेश मन्त्री नियुक्त गरेका थिए। त्यसअघि अलब्राइट राष्ट्रसंघका लागि अमेरिकी दूतका रुपमा काम गरेकी थिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested