English

किन राख्छन् विवाहेत्तर सम्बन्ध ?



करुणा कुँवर ।

परस्त्री/परपुरुष सम्बन्ध भन्नाले आफ्नो पार्टनर अथवा श्रीमान/श्रीमती भएको अवस्थामा अरुसँग यौनसम्बन्ध राख्नु भन्ने बुझिन्छ । मानव जीवनको सिर्जना भएदेखि नै यस्तो सम्बन्ध राख्ने चलन छ । यस्ता सम्बन्ध गुपचुप रहने भएतापनि पछिल्लो समय यसका बारेमा खुलेर बोल्न थालेको पाइन्छ ।

यौन सन्तुष्टि पूरा नभएको र भावना नबुझेको भन्दै पर–सम्बन्ध राखेको भन्नेहरू धेरै पाइन्छ । यस्तै, भावनात्मक रूपमा खुशी नभएको, नजिकका मान्छेहरूसँगको दूरीटाढा भएको, माया ममता खोजिरहेको अवस्थामा पार्टनर हुँदाहुँदै पनि अरुसँग सम्बन्ध राख्ने गरेको पाइन्छ ।

पुरुष आफू चाहिँ स्वतन्त्र भएको महशुस गर्छ । जसले गर्दा पुरुषहरू आफ्नो पार्टनर हुँदा हुँदै पनि अरुसँग सम्बन्ध राख्न पुगेको देखिन्छ ।

यस्ता सम्बन्धले मानसिक रूपमा समस्या उत्पन्न भएपछि केही मानिसहरू मकहाँ आउँछन् । उनीहरूलाई पार्टनर हुँदा हुँदै किन अरुसँग सम्बन्ध राखेको ? भनेर सोध्दा आफ्नो भावना बुझेको, खुलेर कुरा गर्न पाएको, स्वतन्त्र महशुस भएको जस्ता कुरा गर्छन् । त्यसैले श्रीमान श्रीमतीबीच खुलेर कुरा नहुने र एकअर्कालाई नबुझ्ने जोडीहरूमा परपुरुष वा परस्त्रीको आगमन हुने अवस्था बढी हुन्छ । तर, यसरी मन, भावना नमिल्दैमा यौनसन्तुष्टि पूरा भएन भन्दैमा अरुसँग सम्बन्ध राख्नुलाई समाजले राम्रो मान्दैन । यस्तो सम्बन्ध कानूनले पनि अवैध ठहर गरेको छ । साथै, सांस्कृतिक र धार्मिक रूपमा पनि यस्ता कुरा क्षमायोग्य हुँदैनन् । त्यसैले, यस्तो सम्बन्धले झन् धेरै समस्या निम्त्याउन सक्छ । यसलाई न्यून गर्न दुई दम्पत्तीबीचको संवाद नै महत्वपूर्ण कुरा हो ।

कतिले राखिरहेका छन् त विवाहेत्तर सम्बन्ध ? यो विषयलाई लिएर नेपालमा कुनै अनुसन्धान भएको छ जस्तो लाग्दैन । तर, असन्तुष्टिकै कारण एउटै व्यक्तिले धेरैजनासँग सम्बन्ध राख्ने गर्छन् । अझै कतिले त ४/५ जनासँग विवाह नै गर्छन् । तर, कसैसँग पनि सन्तुष्ट हुँदैनन् । यसरी सन्तुष्टि खोज्दै धेरैजनासँग सम्बन्ध राख्न पुग्छन् महिला–पुरुष ।

हाम्रो समाजमा कतिपयले ‘आफ्नो श्रीमतीभन्दा अरुका श्रीमती राम्रा’ भन्ने गरेको पनि सुन्नमा आउँछ । यस्तै भनाई, अवधारणा र मान्यता पुरुषको दिमागमा घुसाइएको छ, जसले गर्दा उसले साँच्चिकै हो कि क्या हो भन्ने सोच्न थाल्छ ।

कतिपयले चाहिँ भन्छन् ‘मेरो धेरैजनासँग सम्बन्ध भैसक्यो तर मभित्र असन्तुष्टि रहि नै रहेको छ’ । यस्तो किन भैरहेको छ भनेर पनि मसँग परामर्श गर्न आउँछन् । यस्तो हुँदा कतै शारीरिक/मानसिक रूपमा समस्या पो छ कि भन्ने लाग्दो रहेछ । कोही चाहिँ चिकित्सककहाँ जानुभन्दा अरु कसैसँग सम्बन्ध राख्दा समाधानका उपाय निस्किन्छ र सन्तुष्टि प्राप्त गरिन्छ कि भन्ने हेतुले धेरैजनासँग सम्बन्ध राख्न पुग्छन् ।

यसरी परव्यक्ति सम्बन्ध राख्ने महिला पुरुष दुवै हुन्छन् । तर, बढीजसो पुरुष हुन्छन् । महिलाले भन्दा पुरुषले बढी पार्टनरहरू राख्ने गरेको पाइन्छ । यसमा पुरुषमा भएको शक्ति र नियन्त्रणकै कुरा नै हो । पुरुष आफू चाहिँ स्वतन्त्र भएको महशुस गर्छ । जसले गर्दा पुरुषहरू आफ्नो पार्टनर हुँदा हुँदै पनि अरुसँग सम्बन्ध राख्न पुगेको देखिन्छ । जसले सम्बन्ध राखेपनि उसमा मनोवैज्ञानिक समस्या छ, त्यसको समयमै समाधान खोजिनुपर्छ भन्ने नै हो ।

यसरी परव्यक्ति सम्बन्ध राख्ने महिला पुरुष दुवै हुन्छन् । तर, बढीजसो पुरुष हुन्छन् । महिलाले भन्दा पुरुषले बढी पार्टनरहरू राख्ने गरेको पाइन्छ ।

हाम्रो समाजमा कतिपयले ‘आफ्नो श्रीमतीभन्दा अरुका श्रीमती राम्रा’ भन्ने गरेको पनि सुन्नमा आउँछ । यस्तै भनाई, अवधारणा र मान्यता पुरुषको दिमागमा घुसाइएको छ, जसले गर्दा उसले साँच्चिकै हो कि क्या हो भन्ने सोच्न थाल्छ । तर, यही कुरा महिलालाई सिकाइएको अथवा सुनाइएको छैन । महिलालाई सानैदेखि नै एउटै पुरुषसँग ईमान्दारीपूर्वक सम्बन्ध राख्नुपर्छ भनेर सिकाइएको छ । यस्तै, सामाजिक संरचनाका कारण पनि महिलाले खुलेर आफ्नो कुरा भन्न पाएको हुँदैन ।

त्यसैले, परस्त्री/परपुरुष सम्बन्धबाट टाढा रहन शारीरिक, सामाजिक, भावनात्मक रूपमा सम्बन्ध बलियो बनाउन जरुरी छ । यी विविध पक्षमा कमीकमजोरी हुँदा नै अरुसँग सम्बन्ध राख्न गएको पाइन्छ ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ