English

आजबाट सवारीसाधनमा जोर-बिजोर



काठमाडौं उपत्यकामा आजबाट सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू भएको छ। कोभिड-१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरेका हुन्। जसअनुसार आज जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजोर नम्बर प्लेटका।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार केही क्षेत्रमा भने जोर-बिजोर लागू हुने छैन। सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रमा जोर-बिजोर लागू नहुने उनले बताए।

जसअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारीसाधन एम्बुलेन्स, दमकल,शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा निर्वाध रूपमा गुड्न पाउनेछन्।

खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ।

परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरूले आफ्नो सवारीसाधन सञ्चालन गर्न पाउने छन् भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनमा पनि जोरबिजोर लागू हुने छैन।

सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएका पत्रकारका सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधनमा जोरबिजोर लागू हुने छैन।

काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागू, के गर्न पाइने के नपाइने ? [सूचीसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested