English

आजबाट सवारीसाधनमा जोर-बिजोर



काठमाडौं उपत्यकामा आजबाट सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू भएको छ। कोभिड-१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरेका हुन्। जसअनुसार आज जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजोर नम्बर प्लेटका।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार केही क्षेत्रमा भने जोर-बिजोर लागू हुने छैन। सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रमा जोर-बिजोर लागू नहुने उनले बताए।

जसअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारीसाधन एम्बुलेन्स, दमकल,शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा निर्वाध रूपमा गुड्न पाउनेछन्।

खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ।

परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरूले आफ्नो सवारीसाधन सञ्चालन गर्न पाउने छन् भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनमा पनि जोरबिजोर लागू हुने छैन।

सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएका पत्रकारका सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधनमा जोरबिजोर लागू हुने छैन।

काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागू, के गर्न पाइने के नपाइने ? [सूचीसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested