English

दिनमा ५५ लिटर दुध दिने गाई (भिडियोसहित)



एउटा गाईले कतिसम्म दुध देला ? लोकल गाईको कुरा गर्ने हो भने दैनिक बढीमा पाँच लिटरसम्म दुहुन सकिएला । अन्य विकासे वा जातको भनिने गाईले पनि २५–३० लिटरभन्दा बढी दुध दिँदैनन् । धेरैभन्दा धेरै दिइहाले पनि ३५ देखि ४० लिटरसम्म दुध दिने गाईको राम्रै चर्चा परिचर्चा हुनेगर्छ ।

तर, एउटै गाईले दैनिक ५५ लिटर दुध दिन्छ भन्यो भने के तपाईं पत्याउनु हुन्छ ? नपत्याई पनि सुख छैन । किनभने बाबुराम कार्कीको फार्ममा रहेको एउटा गाईले एकैदिनमा ५५ लिटरसम्म दुध दिँदै आएको छ ।

मात्रै ८० हजारमा किनेकाे यो गाईकाे अहिले मूल्य हजारमा होइन, लाखमा चढेको छ । उनको कुरा पत्याउने हो भने याे गाईकाे बजार मूल्य ४ लाखदेखि ५ लाखसम्म हुन्छ ।

र, आज हामी दैनिक ५५ लिटर दुध दिने त्यही गाई र गाई फर्मका मालिक बाबुराम कार्कीसँग तपाईंहरुलाई भेटाउँदैछौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका उपप्राध्यापक समेत रहेका कार्कीले यही गाई दोएर दैनिक ५५ लिटर दुध निकाल्छन् ।
यस गाईको स्याहार, सुसार पनि उनले राम्रोसँग गर्छन् र खानपानमा पनि त्यत्तिकै ध्यान दिन्छन् ।

यो गाई तीन वर्षअघि कार्कीले हटौँडाबाट किनेर ल्याएका हुन् । आफ्नो गोठमा गाई भित्राएपछि उनले यसको नाम श्यामबाजे राखिदिए । यसको नाम किन राखे श्यामबाजे ?

मात्रै ८० हजारमा किनेका थिए, कार्कीले यो गाई । तर अहिले यस गाईको मूल्य हजारमा होइन, लाखमा चढेको छ । उनको कुरा पत्याउने हो भने यही श्यामबाजेको बजार मूल्य ४ लाखदेखि ५ लाखसम्म हुन्छ ।

यो गाई देख्दा भने सामान्य नै लाग्छ । आम गाईभन्दा फरकै लाग्दैन । तर यसको खान्की भने फरक रहेको कार्की बताउँछन् । यो गाईलाई उनी भिटामिन पनि प्रशस्त खुवाउँछन् । किनभने गाई कमजोर नबनोस् ।

अहिले कार्कीको फार्ममा २५० वटा गाई छन् । त्यसमध्ये १५० वटा गाईले दुध दिन्छन् भने १०० वटा कोरली गाई छन् । अहिले दिनको १५ सय लिटर दुध बेच्ने गर्छन् कार्की । यो १५ सय लिटरमा ५५ लिटर दुध त यही श्याबाजेले थपिदिन्छिन् ।

त्यसोत उनको गोठमा ५५ लिटरभन्दा धेरै दुध दिने अर्को गाई पनि छ । यस गाईले एक पटक ५७ लिटरसम्म दुध दिएको उनी संझन्छन् । तर जव बिरामी भयो त्यसपछि दुध घटेर ३० लिटरमा ओर्लियो ।

कार्कीका गोठमा अब यो भन्दा पनि धेरै दूध दिने कोरलीहरु तयार भइरहेका छन् । यसको कारण एउटै छ, त्यो हो हाइब्रिड ।

५५ लिटर दुध दिँदै आएको यो गाई चार सन्तानको माउ हो । यसलाई दुई बेतपछि कार्कीले हेटौडावाट आफ्नो फार्ममा ल्याएका हुन् । अहिले यस गाईको सानो बाछी पनि छ । साथै यो भन्दा अघिल्लो बेतमा ब्याएको बहर अहिले साँढे बनिसकेको छ ।

अहिले कार्कीको फार्ममा २५० वटा गाई छन् । त्यसमध्ये १५० वटा गाईले दुध दिन्छन् भने १०० वटा कोरली गाई छन् । अहिले दिनको १५ सय लिटर दुध बेच्ने गर्छन् कार्की । यो १५ सय लिटरमा ५५ लिटर दुध त यही श्यामबाजेले थपिदिन्छिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested